गायक धिमालको भिडियोमार्फत आए जीवन

काठमाडौं— अभिनेता जीवन लुईँटेल एउटा नयाँ गीतको म्युजिक भिडियो मार्फत दर्शकमाझ आएका छन् । मोरंगका गायक राम धिमालले गाएको ‘कति टिप्छौ ऋतुका फूल’ मार्फत अभिनेता लुईंटेलले २०७३ सालको अभिनय थालनी गरेका हुन् । भिडियोमा अभिनेत्री सम्पदा बानियाँले अभिनेता लुईंटेललाई अभिनयमा साथ दिएकी छिन् । टेलिभिजनकर्मी कृष्णदेव रुपाखेतीले यो भिडियो निर्देशन गरेका हुन् । रमाइलो कुरा के छ भने आफूले अभिनय गरेको नयाँ भिडियो सार्वजनिक भएपछि जीवनको नयाँ चलचित्र ‘बाजीगर’ वैशाख १७ गते शुक्रवारदेखि प्रदर्शन हुँदैछ । विरेन्द्र राईको शब्द तथा गायक धिमालको संगीतको यो गीतमा चाँद सिंहको संगीत संयोजन छ । अमृत सुनुवारले छायांकन गरेको यो भिडियोका सम्पादक निशान घिमिरे ।
२०५२ सालदेखि सांगीतिक क्षेत्रमा आएका गायक राम धिमालले लोक संंगीतमार्फत यो यात्रा प्रारम्भ गरेका हुन् । ‘माया मारी जान्न बिर्सेर’ गीत रेकर्ड गर्दै सांगीतिक क्षेत्रमा आएका धिमालले आधुनिक तथा शास्त्रीय संगीतमा समेत लामो समय बिताएका छन् । शारदा क्षेत्रीसंग शास्त्रीय संगीतको अध्ययन गरेका धिमालले भारतको अलाहावाद विश्वविद्यालयबाट संगीतमा बिसारत गरेका छन् । पछिल्लो समय संगीत प्रशिक्षकको रुपमा सक्रिय गायक धिमालले केही समयपछि नै आफ्ना एकल गीतहरुको एल्बम सार्वजनिक गर्ने योजना बनाएका छन् ।
यस्तो छ भिडियो :
https://youtu.be/Z8i_-Y7Vllg
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...