गायक धिमालको भिडियोमार्फत आए जीवन

काठमाडौं— अभिनेता जीवन लुईँटेल एउटा नयाँ गीतको म्युजिक भिडियो मार्फत दर्शकमाझ आएका छन् । मोरंगका गायक राम धिमालले गाएको ‘कति टिप्छौ ऋतुका फूल’ मार्फत अभिनेता लुईंटेलले २०७३ सालको अभिनय थालनी गरेका हुन् । भिडियोमा अभिनेत्री सम्पदा बानियाँले अभिनेता लुईंटेललाई अभिनयमा साथ दिएकी छिन् । टेलिभिजनकर्मी कृष्णदेव रुपाखेतीले यो भिडियो निर्देशन गरेका हुन् । रमाइलो कुरा के छ भने आफूले अभिनय गरेको नयाँ भिडियो सार्वजनिक भएपछि जीवनको नयाँ चलचित्र ‘बाजीगर’ वैशाख १७ गते शुक्रवारदेखि प्रदर्शन हुँदैछ । विरेन्द्र राईको शब्द तथा गायक धिमालको संगीतको यो गीतमा चाँद सिंहको संगीत संयोजन छ । अमृत सुनुवारले छायांकन गरेको यो भिडियोका सम्पादक निशान घिमिरे ।
२०५२ सालदेखि सांगीतिक क्षेत्रमा आएका गायक राम धिमालले लोक संंगीतमार्फत यो यात्रा प्रारम्भ गरेका हुन् । ‘माया मारी जान्न बिर्सेर’ गीत रेकर्ड गर्दै सांगीतिक क्षेत्रमा आएका धिमालले आधुनिक तथा शास्त्रीय संगीतमा समेत लामो समय बिताएका छन् । शारदा क्षेत्रीसंग शास्त्रीय संगीतको अध्ययन गरेका धिमालले भारतको अलाहावाद विश्वविद्यालयबाट संगीतमा बिसारत गरेका छन् । पछिल्लो समय संगीत प्रशिक्षकको रुपमा सक्रिय गायक धिमालले केही समयपछि नै आफ्ना एकल गीतहरुको एल्बम सार्वजनिक गर्ने योजना बनाएका छन् ।
यस्तो छ भिडियो :
https://youtu.be/Z8i_-Y7Vllg

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं- हामी यतिबेला भ्यालेन्टाइन्स सप्ताहमा छौं । गत फेब्रुअरी ७ देखि प्रारम्भ...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...