डा.शिवमाया तुम्बाहाङ्फे कानुनमन्त्रीमा नियुक्त, आजै शपथ

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौँ –  निवर्तमान उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फे कानुन न्याय तथा संसदीय मामिलामन्त्री नियुक्त हुनु भएको छ ।

रिक्त रहेको कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी निवर्तमान उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गर्नु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

प्रेस सल्लाहकार थापाका अनुसार तुम्बाहाङ्फेलाई सोमबार साढे तीन बजे शपथ ग्रहण गराउने तयारी भएको छ । उपेन्द्र यादवको वहिर्गमनपछि रिक्त रहेको कानून मन्त्रालयको जिम्मेवारी स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सम्हाल्दै आउनु भएको छ ।

सपथका लागि शितल निवासमा साढे तीनबजेका लागि  तयारी भइरहेको राष्ट्रपतिका सल्लाहकार डा.भेषराज अधिकारीले चक्रपथलाई बताउनुभयो ।