आक्रमक बन्दै कोराना भाइरस

सतर्कता अपनाउन आह्वान
-- सुजित सिग्देल, आवरण मार्च २०२० / प्रकाशित मिति : बुधबार, फाल्गुन २१, २०७६

प्रबिधिको उच्चतम विकास गर्दै, दिन दिनै नयाँ आविष्कार गर्दै गरेको आहिलेको बिश्व र मानव सभ्यता प्राकृतिक प्रकोप र महामारी संग भने कहिले र कसरि पछारिन्छ कसैलाई थाहा नै हुँदैन । बिश्वमा आइपरेका विविध प्राकृतिक विपदहरु कुन बेला कहाँ कसरी आउँछन् त्यसको छुसुक्क सुइँको पाउँदा नपाउँदै यसले ठूलो क्षति गरि सकेको हुन्छ । यसैका केहि उदाहरण हुन् केहि वर्ष अगाडि नेपालमा गएको महाभूकम्प, बिभिन्न देशमा गएका सामुन्द्रिक आंधीहरु, सुनामीहरु, आगजानीका घटना, बाढी पैरो आदि । यी र यस्तै घटना भन्दा अझ डरलाग्दो न कारण थाहा हुने न उपचार थाहा हुने प्राकृतिक प्रकोप हो रोगको महामारी, के कारण सुरु भए, कतिसम्म हानि गर्ने हो उपचार के हो यो अन्यौलतामा देख्दा देख्दै सयाैं र हजारौ मानिसहरु गुमाउँदै गर्दा समेत उपायको अलिकति पनि संकेत नदेखिनु जस्तो दुखद पक्ष अरु के होला ।
यति बेला खुल्ला अर्थतन्त्र अँगाल्दै बिश्व मानचित्रमा दोहोरो अंकको वृद्दिदर मात्र होइन आफ्नो उत्पदानले बिश्व बजार मै कब्जा जमाउँदै आएको चीन कोराना भाइरसको महामारीले विक्षिप्त छ । बिश्व नयाँ वर्र्ष २०२० को स्वागतको लागि काउन्ट डाउन गर्दै उत्सबमय हुँदै गर्दा २०१९ को अन्तिम दिन अर्थात ३१ डिसेम्बरका दिन चीनको हुवे प्राप्तको वुहान शहरका केही व्यक्तिहरुमा नयाँ खालको कोरोना भाइरस देखा परेको रिपोर्ट सार्वजनिक भयो । ११ करोड जनसंख्या रहेको वुहान शहरमा देखिएको कोरोना भाइरस केहि दिन नबित्दै चीनको बेइजिङ र सांघाई हुँदै छिमेकी ताइवानसम्म देखा पर्यो ।
त्रासदीपूर्ण यी २ महिनामा यो एक महामारीको रुपमा एसियाका धेरै देश र शहर हुदै, मध्य पूर्ब, युरोप र अफ्रिकासम्म पुगिसकेको छ । अझ यसरी भनौं यसको रोकथाम र सहि उपचार पर्खदै गर्दा कुनै पनि देशले यो महामारीको सामाना गर्नु पर्ने हुन्छ र यो कहाँसम्म पुग्छ भन्न कठिन छ । पिडितहरु का सेवामा जुटेका सयौ स्वस्थकर्मीदेखि इरानका उपराष्ट्रपति र सहायक स्वस्थ मन्त्रीसम्म कोराना भाइरसको संक्रमणमा परिसकेका छन् र सयौं होइन हजारौंले ज्यान गुमाइसकेका छन् ।

के हो कोरना भाइरस
कोरना भाइरसको महामारी संगै धेरै देशहरु ले संक्रमण ग्रस्त ठाउँहरु बाट आफ्ना नागरिकहरु लाई बिशेष व्यवस्थाका साथ आ–आफ्नो देश फर्काइसकेको र फर्काउने क्रममा छ भने बिभिन्न देशहरु ले बोर्डर लकदेखि बिभिन्न सुरक्षा अप्नाएको छ । अष्ट्रेलियाले पनि आफ्ना नागरिकहरु लाई फर्काउनेदेखि बिभिन्न सुचना र मिडिया मार्फत सदैब सजग गराउँदै आएको छ । यसै क्रममा अष्ट्रेलियन सरकार स्वास्थ बिभागले आफ्नो वेब साईट मार्फत जनतालाई सुसुचित गराई रहेको छ । स्वास्थ बिभागले सर्बसाधारणले बुझ्ने गरि जारि गरेको उक्त सुचनामा कोरना भाइरसलाई भाइरसहरु मध्य कै ठूलो भाइरस जसले मान्छे र जनवारहरु मा रोग ( बिमार) सर्न सक्छ भनिएको छ । मानिसमा लाग्ने कोराना भाइरसले रुघा खोकी जस्ता रोग देखिन्छन् भने जनवारबाट सर्ने कोरना भाइरसले सन् २००२ मा श्वास प्रश्वासमा देखिने समस्या Severe Acute Respiratory Syndrome (SARS)    र सन् २०१२ तिरMiddle East Respiratory Syndrome (MERS) जस्ता श्वासप्रश्वास कै रोगहरु देखा परेको थियो ।


यी भन्दा बिल्कुलै फरक प्रकृतिको आहिले देखिएको कोरना भाइरस नोवेल कोरना भाइरस Novel coronavirus (2019-nCoV) को नामले चिनिएको छ । पहिलो पटक पहिचान गरिएको यो नोवेल कोरना भाइरस पहिलो पटक पहिचान गरिएको भाइरस हो । माथि भनिएको Severe Acute Respiratory Syndrome (SARS) जस्तै असर देखिने यो कोरना भाइरसले संक्रमण संगै सामान्य रुघा खोकी, ज्वरो, घाँटी दुख्ने, टाउको दुख्नेदेखि पछि एक्कासी सास फेर्न गाह्रो हुने र श्वास प्रश्वास प्रणालीलाई नै फेलियर गराउने जस्तो गम्भीर अवस्थासम्म पुरयाउने गर्दछ । जसबाट धेरै मानिसले ज्यान नै गुमाई सकेका छन् । चिनियाँ अधिकारीहरुले ३१ डिसेम्बर २०१९ का दिन चीनको वुहानमा नयाँ कोरोना भाइरसको संक्रमण देखिएको विश्व स्वास्थ्य संगठनलाई जानकारी गराए सोहि अज्ञात प्रकारको कोरोना भाइरस नोबल–कोरोना भाइरस (2019-nCoV) को रुपमा बिश्वलाई नै आतंकित बनाएको छ ।

कसरि फैलन्छ कोरना भाइरस
आहिले देखिएको र चीनमा पहिलो चोटी नोटिस गरिएको पशु प्रजातिमा फैलदै मानिससम्म पुगेको हुन सक्ने आंकलन गरिएको छ । चमेरोबाट सुरु भएको आशंका गरिएको यो भाइरस अन्य जनावरहरु जस्तैः सुँगुर, कुखुरा, कुकुरको पेटमा संक्रमण भएर नै मानिसमा सरेको हुन सक्ने बिज्ञहरु ले अनुमान गरेका छन् । त्यसपछि मानिस मानिसबीच सर्दै यो रुपमा पुगेको पनि उनीहरुको अनुमान छ । जस्तै संक्रमित व्यक्तिले खोक्दा या हाछ्यु गर्दा, संक्रमित व्यक्ति संग संगै खाँदा, संक्रमित व्यक्तिले प्रयोग गरेको सामान सफा नगरी प्रयोग गरेमा । कतिपय अवस्थामा यस्ता लक्षण नदेखिएका बिरामीमा पनि ‘कोरोना भाइरस’को संक्रमण हुन सक्ने विज्ञहरू बताउँछन् । यसको सक्रमण संगै रुघा खोकी ज्वोरो हुँदै सबै भन्दा बढी स्वश्प्रसासमा असर गर्ने र बिस्तारै यो भाइरसले कलेजो, मिर्गौला र मुटुमा समेत असर पुराउने गरेको पाइएको छ ।

कोरना भाइरसको परिक्षण कसरि गर्ने
नोबल कोरना भाइरस एक बिशेष प्रकारको कोरोना भाइरस नै हो । अन्य प्रकारका कोरोना भाइरसहरू जसले विश्वभरि धेरै वर्षदेखि मानिसहरूलाई संक्रमित गरिरहेको छ र यसबाट अष्ट्रेलिया पनि अछुतो छैन । यदि तपाईं श्वासप्रश्वासको संक्रमणबाट बिरामी हुनुहुन्छ (उदाहरणका लागि तपाईंलाई रुघा, खोकी वा ज्वरो संगै घाँटिमा पनि समस्या देखिएमा तपाईंको नाक वा घाँटीको पछाडिबाट स्वाब परीक्षण गर्न सकिन्छ । धेरै प्रयोगशालाहरू ले स्वाब परीक्षणबाट धेरै भाइरसहरु को परिक्षण गर्छन् यसलाई मल्टिप्लेक्स भाइरल श्वासप्रश्वास प्यानेल भनिन्छ । जसमा अन्य कोरोना भाइरसको परीक्षण समावेश हुन्छन् यी परिक्षणबाट केहि पत्ता नलागेमा यसलाई अलिकति जटिल रुपमा लिनु पर्छ । नोबल कोरना भाइरसका अलिकति पनि शंका लागेमा परीक्षणका लागि हहस्कोपिटलको इमर्जेन्सी डिपार्टमेन्ट वा जीपीले यसको परिक्षणको लागि अनुरोध सहित पठाउन सक्नेछन् ।

के यसको उपचार सम्भब छ ?
हालै देखिएको नोबल कोरना भाइरसको सक्रमण भइ सके पश्चात यसको उपचार गर्ने विविध तरिकाहरु भए पनि यसलाई ठयाक्कै सन्चो बनाउने भ्याक्सिन या औषधि अझै बनि सकोको छैन । कतिपय अवस्थामा बिरामी आफैले रोग प्रतिरोधात्मक शक्तिको विकास गर्दै यो रोग निको भएर बिरामी घर फर्केका पनि छन् । अर्को तिर यसरी निको भएर फर्केका बिरामीमा केहि हप्ताको अन्तरमा पुनः कोरना भाइरस सक्रमणको लक्षण देखिएको पनि सुन्न आएको छ, जुन झन् चिन्ताको विषय बनेको छ ।
संक्रमित व्यक्तिलाई आइसोलेसन अर्थात एक्लाएर राखेर यसका लक्षण देखिए बमोजिम मिल्दो जुल्दो उपचार गर्दै बाहिर फैलन र अन्य लाई सर्न नदिने नै यति बेलाको प्रमुख कार्य भएको देखिन्छ ।

उत्तम उपाय उच्च सतर्कता आपनाउने
उपचारको विधि पत्ता नलागेको रोग कसरि सर्छ र सर्यो भने के गर्ने भन्ने अन्यौलतामा आफु र आफ्नो परिवारलाई कसरि कोरना भाइरसबाट सुरक्षित राख्ने भन्ने कुरामा सबैले ध्यान दिनु जरुरि छ । यसका लागि बाहिर गएर आए पछि कम्तिमा २० सेकेन्डसम्म साबुन जन्य चिज प्रयोग गरि हात धुने वा त्यस्तै प्रकारको वाइपस प्रयोग गर्ने, खोक्दा हान्छ्यँु गर्दा टिस्यु पेपरको पर्योग गर्न पनि अष्ट्रेलियन सरकार स्वास्थ बिभागले सबैलाई सुझाएको छ । स्वास्थ्य बिभागले बिशेषत दुई कुरामा उच्च सतर्कता अपनाउन पनि अनुरोध गरेको छ । यदि तपाई भर्खरै चीन वा संक्रमिण्त देश वा देशको बाटो भएर अष्ट्रेलिया आउनु भएको छ या कुनै संक्रमित व्यक्तिको सम्पर्कमा रहनु भएको छ ? त्यो भएमा आफ्नो जिपि या नजिक को अस्पतालमा सम्पर्क राखी तुरन्त सोहि अनुसार सल्लहा लिनु पर्ने हुन्छ । त्यो बाहेक यो संग मिल्दो जुल्दो कुनै लक्षण या स्वास प्रश्वास समस्या देखिएमा पनि आफ्नो आवात जावत छोट्टाउदै, परिवारमा रहंदा समेत सर्जिकल मास्क प्रयोग गरि एक्लिएर बस्ने र परामर्श लिनु बुद्दिमानी हुन्छ ।

यसै गरि अष्ट्रेलियाले बिभिन्न हेल्प लाईन, इमर्जेन्सी डिपार्टमेन्ट, इमर्जेन्सी रेस्पोन्सका साथ साथै कोरना भाइरसलाई नै लक्षित गर्दै Corona virus Health Information Line पनि सक्रिय बनाएको छ 1800 020 080 सातै दिन चौबिसै घण्टा खुल्ला रहने यो नम्बरमा कल गरि अष्ट्रेलियामा रहेका र कोरना भाइरस सम्बन्धमा जुन सुकै जिज्ञासा वा सहयोग लिन सकिन्छ ।

अन्त्यमा, बिश्व अर्थतन्त्रको प्रमुख हिस्सा बनेको चीनबाट सुरुभएको यो महामारीले अब संसारका सबै महादेशहरु र धेरै देशहरु सम्म पुगिसकेको छ । अलजजिराका अनुसार फेब्रुअरीको अन्तिम दिनसम्म बिश्वका ५६ देशमा नोबेल कोरना भाइरसको सक्रमणदेखि सकेको जनाएको छ । जहाँ करिब २९ सय मानिसको मृत्यु भै सकेको र ८४ हजार व्यक्तिमा यसको सक्रमण देखिसकेको छ । कोरना भाइरसको उदगम देश चीनले पनि यसलाई एकदम उच्च सतर्कता अपनाउँदै सकेसम्म नफैलियोस् भनेर सक्दो गरेको छ । यसै गरि विश्व स्वास्थ्य संगठन (डब्लु एच ओ) ले पनि यस संक्रमण विरुद्धको लडाईँ अब निर्णायक चरणमा पुगेको बताएको छ । फेरि पनि प्राकृतिक प्रकोप र यस्ता महामारी हाम्रा हातमा छैनन् । केहि समय अगाडि मात्र भिषण आगलागी र त्यस पछाडिको भिषण वर्षाले ठूलो धनजनको क्षति र व्यपारिक घाटा व्यहोरेको अष्ट्रेलियालाई आहिलेको कोरना भाइरसको महामारीले पर्यटन चीन संगको व्यापार आदि कारणले फेरि पनि ठूलो नोक्सानी पुगेको छ । तर उच्च मानवियता पर्दर्शन गर्नु पर्ने र एक देशले अर्को देशलाई हौसला दिदै आबश्यकीय सहयोगहरु गर्दै मनोबल उच्च पार्नु पर्ने बेलामा नाफा घाटाको कुरा गर्नु पटक्कै मिल्दैन । आशा गरौं बिज्ञानलाई नै चुनौती दिंदै आएको यो महामारी बिरुद्द बिभिन्न अनुसन्धान मा दत्तचित रहेर यसको औषधिका लागि अध्ययनरत धेरै देशका बैज्ञानिकहरु लाई छिटै सफलता मिलोस र फेरि पनि जित मनबता कै होस् मानव हित कै होस् ।

(यो आलेख बिभिन्न एजेन्सी र बिभिन्न मिडियामा प्रकाशित सामग्रीहरु का आधारमा तयार पारिएको हो )