नेपाली लेखक संघमा नवराज लम्साल निर्वाचित

नेपाली लेखक संघमा नवराज लम्साल निर्वाचित भएका छन् । आइतवार भएको चुनावमा लम्साल विजयी भएका हुन्। त्यसैगरि संघको बरिष्ठ उपाध्यक्षमा श्रवण मुकारुङ निर्वाचित भए । प्रदेशहरुबाट उपाध्यक्ष पदको लागि प्रदेश १ बाट विनोद पोखरेल, २ बाट गोपाल अस्क, ३ बाट ज्ञानुवाकर पौडेल, ४ बाट डा कुसुमाकर न्यौपाने, ५ बाट उत्तमकृष्ण मजगैयाँ, ६ बाट मोतिराज वम र ७ बाट रामलाल जोशी निर्वाचित भएका छन् ।
संघको महासचिवमा रत्नमणी नेपाल, उपमहासचिवमा रामेश्वर राउत मातृदास निर्वाचित भएका छन । त्यसै गरि ३ सचिव पदमा वाबु त्रिपाठी, घनेन्द्र ओझा र नविनचन्द्र घिमिरे निर्वाचित भएका छन् । महिला तर्फ बाट सचिवमा विमला तुम्खेवा निर्वाचित भएकी छन् र कोषाध्यक्षमा सन्ध्या पहाडी निर्वाचित हुन सफल भएकी छन् ।
नेपाली लेखक संघको ६३ सदस्यीय कार्यसमितिमा महिला तर्फबाट ५ जना, आदिवासी मधेशी मुस्लिम अल्पसंख्यक तर्फबाट ६ जना, प्रदेशबाट १४ जना र खुल्लामा १६ जना सदस्य रहेका छन्।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...