नेपाल आउने सबै ‘सेल्फ क्वारेन्टाइन’ मा बस्नुपर्ने

काठमाडौ- नेपाल आउने स्वदेशी तथा विदेशी नागरिकका लागि अध्यागमन विभागले नेपाल प्रवेशमा कडाइ गरेको छ । कोरोना भाइरसको संक्रमण फैलिने जोखिम बढेपछि विभागले नेपाल प्रवेशमा कडाइ गरेको हो ।
विभागले विदेशी यात्रुका लागि नेपाल प्रवेशको ‘अन अराइभल भिसा’ रद्द गरेको छ । यस्तै, नेपाल आउने विदेशी तथा गैरआवासीय नेपाली नागरिकले बढीमा सात दिन अघिको ‘स्वाब’ परीक्षण रिपोर्ट पेश गर्नुपर्ने छ । भोलीदेखि नेपाल प्रवेश गर्ने स्वदेशी तथा विदेशी नागरिकले १४ दिनसम्म अनिवार्य रुपमा ‘सेल्फ क्वारेन्टाइन’ मा बस्नुपर्ने विभाग जनाएको छ ।
यसका साथै विदेशी कुटनीतिक नियोगका पदाधिकारी एवं कर्मचारी पनि नेपाल आउदा १४ दिनसम्म ‘सेल्फ क्वारेन्टाइन’ मा बस्नुपर्ने छ । तेस्रो मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाइएको छ । यस्तै, उनीहरुका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमात्र नेपाल भित्रिने नाकाका रुपमा राखिएको विभागले जनााएको छ ।
विभागले शुक्रबार जारी गरेको सूचना अनुसार यी प्रावधानहरु शनिबार मध्यरातदेखि अप्रिल ३० सम्मका लागि लागू हुनेछन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...