पश्चिम नेपालमा ५ रेक्टरको भूकम्प

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

पोखरा- कास्की जिल्ला आसपासको क्षेत्रमा आइतबार राति भूकम्पको धक्का महसुस गरिएको छ । कास्कीको लुम्लेलाई केन्द्रविन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार आइतबार राति ८ बजेर ४५ मिनेट जाँदा गएको भूकम्पको धक्काको महसुस कास्की आसपासको जिल्लामा समेत गरिएको छ। भूकम्पबाट कुनै पनि क्षति भएको जानकारी आएको छैन ।