सिड्नीको पश्चिमी क्षेत्र ब्ल्याकटाउन काउन्सिल अन्तर्गत ४८ सबअर्बमा छरिएर रहेका नेपालीहरु बिच, आपसी भाइचारा बढाउने नेपाली कला संस्कृति र भाषा साहित्यलाई जगेर्ना गर्दै दोश्रो पुस्तामा यसलाई जोगाई राख्ने पवित्र उदेश्यका साथ यहाँका नेपालीहरु ब्ल्याकटाउन नेप्लिज कम्युनिटी (बिएनसी) को रुपमा जुटेका छन् । १ मे का दिन मेरियोंग कम्युनिटी सेन्टरमा सम्पन्न प्रथम साधारण सभाले कृष्ण निरौलाको सभापतित्वमा कमिटि गठन गर्दै आगामी दिनमा संस्थाले गर्ने बिबिध कार्यक्रमहरुमा सबै सँग छलफल चलाएको छ । एनआरएनए अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बिशेष अतिथीको रुपमा Hon. Michelle Rowland MP, ( Shadow Minister for Small Business, Shadow minister for Citizenship and Multiculturalism, Federal member for Greenway) Hon. Ed Husic Federal Member for Chifley, Susei Benjamin councillor Blacktown City Council, एनआरएनए अओसियन संयोजक महेन्द्र लम्साल हुनुहुन्थ्यो । प्रमुख अथिति एबम अथितिहरुले आफ्नो मन्तब्य राख्दै नयाँ कार्यसमितिलाई बधाई एवम् शुभकामना दिनु भएको थियो।
कृष्ण निरौलाको सभापतित्वमा गठित उक्त कमिटिका अन्य पदाधिकारीहरुमा उपसभापति – दुर्गा बन्जाडे, सचिब – सन्तोष दाहाल, सहसचिब इश्वर ढकाल, कोषाध्यक्ष सिताराम घिमिरे र सदस्यहरुमा बिनोद दाहाल, जिबानाथ नेपाल, कल्याण कंडेल, महेश पन्त, परशुराम थापा, प्रतिज्ञा अधिकारी, रण बिसी, रुपक चुडाल, समीर घिमिरे, सन्दीप सापकोटा, शैलेश शर्मा, सिफा केसी, सुबांश प्रसाद शाह हुनुहुन्छ । साधारण सभाले अग्रज निर्मल के सी लाई संस्थाको सल्लाहकार बोर्डको सभापतिमा मनोनयन गरेको छ ।
संस्थाको निबर्तमान सहसंयोजक एबम नयाँ कार्यसमिति सदस्य प्रतिज्ञा अधिकारीको स्वागत भाषणबाट सुरुभएको प्रथम साधारण सभाको उक्त दिनको कार्यक्रममा नयाँ कार्यसमितिलाई ब्ल्याकटाउनमा समुदायका अग्रज निर्मल केसीले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु भएको थियो । संस्थाका नबनियुक्त सचिब सन्तोष दाहाल र सदस्य राधिका बांनियाले संचालन गर्नु भएको उक्त कार्यक्रममा नेपाली समुद्याका भाइ बैनीहरुले प्रस्तुत गरेका बिबिध संस्कृतिक प्रस्तुतिहरुले कार्यक्रमलाई रोचक बनाउनुका साथै नेपालीपन दिएको थियो । कार्यक्रमको सामपन गर्दै बिएनसीका नब निर्बाचित अध्यक्ष कृष्ण निरौलाले ब्ल्याकटाउन नेप्लिज कम्युनिटीले बालबालिकाहरुकालागि नेपाली पाठशाला, नृत्य स्कुल, भिजिट भिषामा नेपालबाट आउनुभएका अभिभावकहरुको लागि अष्ट्रेलियाको कानुन संबन्धि जानकारी मुलक कार्यक्रमका साथै निःशुल्क अंग्रेज़ी भाषा कक्षा संचालन गर्ने प्रण गर्नुभएको थियो ।