बरउड केयरस् (Burwood Cares) मार्फत समुदायलाई काउन्सिलको मद्दत
दुध, टोइलेट पेपर, हेन्ड सेनिटाईजर जस्ता अत्याबस्यक समानहरु प्रदान गरिने
काउन्सिल सूचना !
बरउड काउन्सिलले वर्तमान Covid-19 (कोरोनाभाइरस) को महामारीमा लक्षित प्रतिक्रिया स्वरूप आवश्यक जानकारी, खाद्य हेरचाह प्याकेज उपलब्ध गराएर समुदायसँग प्रत्यक्ष संलग्न हुनेछ।
बरउड केयरस् (Burwood Cares) नामक कार्यक्रम मार्फत यस चुनौतीपूर्ण समयमा समुदायलाई सुरक्षित राख्न तथा जोड्न काउन्सिलले महत्वपूर्ण भूमिका खेल्दै गरेको बरउडका मेयर काउन्सिलर जोन फेकरले भन्नुभयो।
काउन्सिलको सामुदायिक सेवा टोलीले वृद्ध तथा बच्चाहरूसँगै घरमा अलग्गै बसिरहेका मानिसहरू लगायत कमजोर र सामाजिक रूपले पृथक भएकाहरूको लागि तीन प्रकारको हेरचाह प्याकेजको विकास गरेको छ।
“यी प्याकेजहरू हाम्रो समुदायिक सञ्जालसँग परामर्श गरेर अत्याधिक खाँचोमा परेकाहरूलाई लक्षित गरी विकास गरिएको छ,” उहाँले भन्नुभयो।
“यस चुनौतीपूर्ण समयमा यसले समुदायलाई सुरक्षित राख्न तथा जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने छ।”
स्थानीय बासिन्दाहरूलाई उपलब्ध Burwood Care प्याकेजहरू यस्ता छन्:
- पेन्ने पास्ता, लामो समय टिक्ने दुध तथा पकाईसकेको सिमी (बेक्द बीन्स्) भएको एक खाद्य प्याकेट
- ४ रोल ट्वाइलेट पेपर र ५०० मिलिलिटरको हात सफा गर्ने स्यानिटाईजर भएको एक सरसफाइ प्याकेट
- नयाँ काल्पनिक वा अकाल्पनिक कथा पुस्तक, तथा सानो लेख्ने कापी (स्क्रेपबुक), स्टिकरहरू, कार्डबोर्डको ईस्टर टोपी र पेन्सिल सहितका बच्चाहरूको गतिविधि गराउने शिल्पकला (क्र्याफ्ट) प्याकेट।
खाद्य प्याकेट र सरसफाइ प्याकेट आवश्यकताको आधारमा उपलब्ध हुनेछन् भने क्र्याफ्ट प्याकेट बच्चाहरूसँगै सामाजिक रूपमा अलग बसिरहेका बरउडका बासिन्दाहरूलाई उपलब्ध हुनेछ।
Burwood Cares कार्यक्रम यस स्वास्थ्य संकटको समयमा समुदायलाई निकै लाभदायक हुन्छ। यसले जानकारी र उपयोगी सुझावहरू दिनुका साथै काउन्सिलका सेवाहरूको अद्यावधिक जानकारी उपलब्ध गराउँछ र अन्य एजेन्सीका कार्यक्रमहरू र सेवाहरूमा जोडि दिन्छ।
काउन्सिलको वेबसाइटमा रहेको Burwood Cares सामुदायिक सूचना पाटीमा निम्न जानकारी उपलब्ध हुनेछ: परामर्श र सहयोग, मानसिक स्वास्थ्य संकटको सहयोग, आपतकालीन सेवाहरू, कमनबेल्थ आम्दनी सहयोग, सुपरमार्केटहरूको बारे, Covid-19 को समयमा सुरक्षित रहने बारे र आफू अलग (आईसोलेसन) बसिरहँदा गर्न सक्ने गतिबिधिहरू। यसमा नि: शुल्क अनलाइन पुस्तकालयका संसाधन र गतिविधिहरू पनि उपलब्ध हुन्छ।
बासिन्दाहरूले यी प्याकेजहरू पहुँच गर्ने बारेमा थप जानकारी पाउन तथा Burwood Cares सम्बन्धि उपयोगी सम्पर्क र अद्यावधिक जानकारी पाउन Burwood.nsw.gov.au/burwoodcares.html हेर्न सक्नु हुनेछ।
काउन्सिल वा सामुदायिक सेवाबाट मैत्रिपुर्ण फोन सम्पर्क चाहने बासिन्दाहरूले काउन्सिललाई
9911 9911 मा सम्पर्क गर्न सक्नुहुनेछ।
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
काठमाडौं- कक्षा–१२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ । राष्ट्रिय परीक्षा...
काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर रायमाझीलाई सर्वोच्च...
काठमाडौं- वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको...
काठमाडौं– वेस्ट इन्डिजले नेपाल टूरमा आउने ए टिमको छनौट गरेको छ ।...
What are the great things about dating with apps for milfs? there are...
Meet singles with craigslist sebring fl personals Craigslist is outstanding resource for singles...
Find your perfect big booty match today Looking for a big booty date?...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...