कट्रिना पहिरन

भारतमा हालै भएको फेमिना ब्यूटी अवार्डस् २०२० मा कैयौं बलिउड कलाकार सहभागी भए । अवार्डमा कैयौं स्टारको सुन्दरतालाई दर्शकले नजिकबाट नियाल्ने मौका पाए । एवार्डमा कटरीना कैफदेखि अनन्या पाण्डेसम्मको सुन्दरतालाई दर्शकले नियाले । जसमा बढी चर्चा कटरीनाको सुन्दरता भन्दा पनि उनले लगाएको सेतो गाउनको भयो । हालका दिनमा कटरीना आफ्नो आउटफिटको मूल्यलाई लिएर सामाजिक सन्जालमा छाइरहेकी छन् । त्यसो त कटरीना सामाजिक सन्जालमा खासै सक्रिय त छैनन् तर पनि उनको फोटो र भिडियो इन्टरनेटमा आइरहन्छन् । अलेक्स पेरीले डिजाइन गरेको कटरीनाको गाउनको मूल्य १ लाख ८३ हजार ४ सय ६४ भारतीय रुपैंया हो । यो एवार्ड शोमा कटरीनाले उनको कम्पनी के ब्यूटीका लागि पहिलो एवार्ड जितेकी थिइन् । कटरीना पछिल्लो पटक सलमान खानका साथ फिल्म ‘भारत’मा देखिएकी थिइन् । उनी चाँडै नै अक्षय कुमारसँग फिल्म ‘सूर्यवंशी’मा देखिँदैछिन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
हामी मध्ये धेरै एउटा सुटकेस बोकेर यो अबसरको भूमि अष्ट्रेलियामा आइपुग्यौ, आफ्नो...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...



