आज विश्व प्रेस स्वतन्त्रता दिवस

-- ?>

World Press Freedom Day

काठमाडौं— विश्व प्रेस स्वतन्त्रता दिवस मंगलबार ‘सूचनामा नागरिकको पहुँच मौलिक हकको प्रत्याभूति’ भन्ने नाराकासाथ मनाईंदै छ । विश्वका एक सय भन्दा धेरै राष्ट्रले हरेक वर्षको मे ३ तारिखलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाउँछन् । नेपालमा प्रेस स्वतन्त्रतालाई संवैधानिक रुपमा नै सुनिश्चित गरिएको छ तर संवैधानिक रुपमा प्रत्याभूत गरे पनि पूर्ण रुपमा अनुभूति हुन नसकेको गुनासो छ ।
यसैबीच विश्व प्रेस स्वतन्त्रता दिवसकै अवसर पारेर नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा चितवनमा प्रारम्भ हुँदैछ । साधारणसभाको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ । साधारणसभामा १६ सय ५१ प्रतिनिधि सहभागी हुनेछन् । साधारणसभामा महासचिवको प्रगति प्रतिवेदन तथा कोषाध्यक्षको आर्थिक प्रविदेन प्रस्तुत हुनेछ । साधारणसभाले नयाँ संविधानमा व्यवस्था भए अनुसार संघीय संरचनासहितको महासंघको विधान मस्यौदा प्रस्तुत गर्नेछ । मस्यौतामाथि मंगलबार नै छलफल हुने कार्यतालिका छ ।