होमवर्कको ट्रेलर र गीत सार्वजनिक

काठमाडौं— गोपिकृष्ण मुभिजको नयाँ फिल्म ‘होमवर्क’ को मंगलबार काठमाडौंमा आयोजित एक समारोहमा ट्रेलर तथा गीत सार्वजनिक गरिएको छ । आगामी जेठ ७ गते प्रदर्शन हुने यो फिल्ममा अभिनेता आर्यन सिग्देलले दोहोरो भूमिका निर्वाह गरेका छन् । दुई मध्ये एउटा भूमिकामा आर्यनले ६५ वर्षीय वृद्ध व्यक्तिको भूमिका निर्वाह गरेका छन् । समारोहमा आर्यनले वृद्धको भूमिका निर्वाह गर्नुअघि धेरै मेहनत गर्नु परेको बताए । मेकअपमार्फत आर्यनलाई वास्तविक रुपमै वृद्ध देखाइएको छ ।
समारोहमा सार्वजनिक गरिएको ट्रेलरमा अभिनेता आर्यन सिग्देल नै हावी छन् । दुबै भूमिकामा रहेका आर्यनलाई ट्रेलरमा प्राथमिकता दिएको छ । समारोहमा फिल्मको ‘हराए म तिम्रो’ शीर्षकको गीत पनि प्रिमियर गरियो, जसमा अभिनेता आर्यन सिग्देल तथा अभिनेत्री नम्रता श्रेष्ठले रोमान्स गेका छन् । उक्त गीतमा बादल लिम्बु तथा प्रविशा अधिकारीको पाश्र्व गायन छ । ताराप्रकास लिम्बु उक्त गीतका संगीतकार हुन् ।
निरक पौडेलद्वारा निर्देशित यो फिल्ममा आर्यन तथा नम्रताका अतिरिक्त गौरी मल्ल, जिपि तिमिल्सेना आदि कलाकारले अभिनय गरेका छन् । पुरुषोत्तम प्रधान यो फिलमका छायांकार हुन् ।
यस्तो छ ट्रेलर :
https://youtu.be/X4yF8dfBTC8
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...