होमवर्कको ट्रेलर र गीत सार्वजनिक

-- ?>

FilmyKhabar

काठमाडौं— गोपिकृष्ण मुभिजको नयाँ फिल्म ‘होमवर्क’ को मंगलबार काठमाडौंमा आयोजित एक समारोहमा ट्रेलर तथा गीत सार्वजनिक गरिएको छ । आगामी जेठ ७ गते प्रदर्शन हुने यो फिल्ममा अभिनेता आर्यन सिग्देलले दोहोरो भूमिका निर्वाह गरेका छन् । दुई मध्ये एउटा भूमिकामा आर्यनले ६५ वर्षीय वृद्ध व्यक्तिको भूमिका निर्वाह गरेका छन् । समारोहमा आर्यनले वृद्धको भूमिका निर्वाह गर्नुअघि धेरै मेहनत गर्नु परेको बताए । मेकअपमार्फत आर्यनलाई वास्तविक रुपमै वृद्ध देखाइएको छ ।
समारोहमा सार्वजनिक गरिएको ट्रेलरमा अभिनेता आर्यन सिग्देल नै हावी छन् । दुबै भूमिकामा रहेका आर्यनलाई ट्रेलरमा प्राथमिकता दिएको छ । समारोहमा फिल्मको ‘हराए म तिम्रो’ शीर्षकको गीत पनि प्रिमियर गरियो, जसमा अभिनेता आर्यन सिग्देल तथा अभिनेत्री नम्रता श्रेष्ठले रोमान्स गेका छन् । उक्त गीतमा बादल लिम्बु तथा प्रविशा अधिकारीको पाश्र्व गायन छ । ताराप्रकास लिम्बु उक्त गीतका संगीतकार हुन् ।
निरक पौडेलद्वारा निर्देशित यो फिल्ममा आर्यन तथा नम्रताका अतिरिक्त गौरी मल्ल, जिपि तिमिल्सेना आदि कलाकारले अभिनय गरेका छन् । पुरुषोत्तम प्रधान यो फिलमका छायांकार हुन् ।

यस्तो छ ट्रेलर :

https://youtu.be/X4yF8dfBTC8