घले दम्पतीद्धारा काेराेना उपचार काेषमा तीन कराेड सहयाेग
बिज्ञप्ति सहित

काठमाडौं | शेष घले र जमुना गुरुङ्गद्वारा स्थापित एमआईटी ग्रुप फाउण्डेसनले अष्ट्रेलियामा अध्यानरत बिधार्थीहरु लाई १० लाख अष्ट्रेलियन डलर सहयोग प्याकेज पश्चात दोश्रो चरणमा नेपाल सरकारले स्थापना गरेको कोरोना उपचार तथा नियन्त्रण कोषमा तीन करोड रुपैयाँ सहयोग गरेको छ । लकडाउनकाे कारण घले दम्पती स्वयं उपस्थित हुन नसकेको हुँदा फाउण्डेसनका प्रतिनिधिहरुले आइतबार प्रधानमन्त्री कार्यालयका सचिवलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका छन्।
एमआईटी ग्रुप फाउण्डेसनले विज्ञप्ति मार्फत फाउण्डेसनका अध्यक्ष शेष घलेले आफूले गरेकाे सहयाेग नेपाल सरकारले कोरोना नियन्त्रण र निर्मूलका लागि परिक्षण, निगरानी र उपचारका लागि खर्च गर्न सदुपयोग गर्ने छ भन्ने आशा व्यक्त गरेका छन् ।
यसअघि नेपालमा आइपरेका ठूला विपतहरु भूकम्प एवं नाकाबन्दी तथा बाढीका बेला पनि फाउण्डेसनले विभिन्न सहयोग गर्दै आएको थियो । अध्यक्ष घलेले कोरोना संक्रमितको संख्यालाई नियन्त्रणमा राख्न नेपाल सरकार र नेपालीहरुले खेलेको भूमिकाप्रति कृतज्ञता व्यक्त गर्दै यो महामारीबाट नेपाली जनता एवं विश्व चाँडै मुक्त हुने विश्वास व्यक्त गरे । देश तथा देशवासीहरु हरेक दुःख तथा समस्याका घडीमा फाउण्डेसन सदैव आफूले सकेको हरेक सहायताको लागि तत्पर रहने अध्यक्ष घलेले विज्ञप्ति मार्फत बताएका छन् ।

के थियो अघिल्लो १० लाख डलर राहत कोषमा ?
शेष घले र जमुना गुरुङ्गको स्वामित्वमा रहेको मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजी अष्ट्रेलियामा अध्यानरत कोरनाबाट प्रभावित बिधार्थीहरु लाई आर्थिक सहायता स्वरूप जनही ५०० अष्ट्रेलियन डलर र अन्य सहयोगका लागि १० लाख डलर राहत कोष एमआईटी ग्रुप फाउण्डेसन मार्फत गठन गरेको छ । यो बर्षको पहिलो सेमिस्टरमा भर्ना भएका र कोरनाबाट प्रभावितहरु ले यो सहयोग पाउनेछन् । यस बाहेक पनि इन्स्टिच्युटमा अध्यानरत बिधार्थीहरु र तिनका परिवारलाई पर्ने स्वस्थ मनोविज्ञान लगाएतका बीबिध कठिनाइमा उक्त कोषले सहयोग गर्ने जनाइएको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...