कोभिड-१९ सम्बन्धि अष्ट्रेलिया सरकारद्वारा प्रेषित पछिल्लो सामुदायिक जानकारी

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, बैशाख १६, २०७७

अष्ट्रेलिया अपडेट

कम्तिमा पनि अर्को छ महिनाको लागि अष्ट्रेलियाले कोरोना भाईरस (COVID-19) महामारीसंग  संघर्ष गर्नेछ। हामी यसमा लामो समयको लागि रहनेछौं। अष्ट्रेलियाली सरकारले लिएको मापदण्डले संक्रमण फैलावटमा कमि ल्याउनको साथै जिउज्यान पनि बचाएको छ।

अष्ट्रेलिया सरकार समुदाय लाइ बर्तमान अवस्थाको जानकारी उपलब्ध गराउन चाहन्छ ।

घरमै बस्नुहोला

समुदायले समाजिक दुरीको आवश्यकताहरु अनुसरण गर्दै आएका सकारात्मक र सहकार्य पद्दतीले संक्रमणको संख्यालाई न्यूनिकरण गर्न मद्दत पुगेको छ। कोरोनाभाईरस एक व्यक्ती देखी अर्को व्यक्तीमा फैलिन्छ, प्राय ह्याछ्युँ, खोकी वा स्पर्श गर्नाले। कम्तिमा १.५ मिटरको दुरी एक आपसमा कायम गर्नाले हामी भाईरसलाई कतै जान पनि दिँदैनौं – हामी हरेकले यसको फैलावटलाई रोक्न मद्दत गरिरहेका छौं।

यदि हामीले शारिरीक दुरी चाँडैनै रोक्यौं भने, हामी नयाँ प्रकोपहरु बढ्ने छन् । यतिबेला संक्रमणको दरहरु घट्दो छ, तर तिनिहरु रोकिएको भने छैन। घर केवल अत्यावश्यक कुराहरुको लागि जस्तै खाद्यान्न किनमेल, औषधी उपचार, व्यायम वा काम र शिक्षा लागि मात्र छाड्नाले तपाईहरु आफुलाई र अरुहरुलाई बचाउनेछ।

धार्मिक गतिबिधीहरु

हाम्रो विश्वास र धार्मिक विश्वासहरू यस समयमा अझ महत्त्वपूर्ण छन् – तर कोरोनाभाइसको कारणले हामीले उनीहरूलाई अवलोकन र अब अभ्यास  गर्ने तरिकाहरुमा परिवर्तन गर्नुपर्‍यो। अहिलेको लागि हामीले विश्वासको आवाश्यकता घरमा, आफैले वा हामीसँग बस्ने परिवारसँग अभ्यास गर्न आवश्यक छ। सेवा वितरण गर्ने मानिसहरूका लागि कडा सामाजिक दूरीको साथ, सबै धार्मिक सेवाहरू अब प्रसारण वा अनलाइन प्रसारण मार्फत हुन्छन्। सेवाहरूमा भाग लिने व्यक्तिको लागि प्रतिबन्धहरू कायमै रहनेछन्।

 सल्लाह र समर्थन
तपाईंले डाक्टर, मनोवैज्ञानिक वा धाईआमाहरुलाई भेट्न घर छोडनु पर्दैन। तपाईले फोन वा अनलाइन सल्लाह प्राप्त गर्न सक्नुहुन्छ। टेलीहेल्थ मेडिकेयर द्वारा बेहोर्ने गरिएको छ। यस सेवाको बारेमा तपाईंको स्वास्थ्य सेवाकर्मीहरु लाई सम्पर्क गर्नुहोस्। तपाईं आफ्नो फार्मासिष्ट द्वारा तपाईंको घरमा औषधी पुर्‍याउने पनि व्यवस्था गर्न सक्नुहुन्छ।

आवागमनमा लगाइएको प्रतिबन्धले केही मानिसहरूलाई थप तनावपूर्ण, अनिश्चित र घरेलु हिंसाको सम्भावनाको श्रृजना गर्दैछ। परिवार र घरेलु हिंसा आश्रयहरू आवश्यक सेवाहरू हुन् र तिनिहरु खुला रहनेछन्। यदि तपाईं घरेलु हिंसाको अनुभव गर्दै हुनुहुन्छ भने, 1800RESPECT, MensLine को १३०० ७८ ९९ ७८ मा वा बाल मद्दत लाईन(Kids Helpline) १८०० ५५ १८०० मा सम्पर्क गर्नुहोस्।

 अन्तर्राष्ट्रिय विद्यार्थी, पर्यटक र काम गर्ने छुट्टीका भिसा वाहकहरू

अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थी, पर्यटक र काम गर्ने छुट्टी भिसा वाहकहरू लाई स्वागत गरेको छ। धेरैले भर्खरका महिनाहरूमा आफ्नै देश फर्कने छनौट गरेका छन्। कोरोनाभाइरस महामारीको क्रम जारी छ, आगन्तुक भिसा धारकहरू र आफैले समर्थन गर्न नसक्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले घर फर्कने विचार गर्नुपर्छ ताकि उनीहरू उनीहरूको देशहरूमा उपलब्ध समर्थनहरूको पहुँच गर्न सक्नेछन्।

कोरोनाभाईरस संक्रमणको बेला स्वास्थ्य, वृद्ध र अशक्तता हेरचाह, कृषि र खाद्य प्रसोधन जस्ता उद्योगहरूमा भिसा धारकहरू र ब्याकप्याकरहरूले मद्दत गर्न सक्छन्। सरकारले अन्तर्राष्ट्रिय नर्सिङ्ग विद्यार्थीहरूमाथिको प्रतिबन्ध हटाएको छ त्यसैले उनीहरू सुपरमार्केटमा काम गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि बढी घण्टा र विस्तारित घण्टा काम गर्न सक्षम हुन्छन्।

 थप जानकारी
कोरोनाभाइरसको फैलावट जारी छ, आधिकारिक स्रोतहरु मार्फत जानकार रहन महत्त्वपूर्ण छ। अष्ट्रेलिया सरकार को वेबसाइट,  Australia.gov.au मार्फत अद्यावधिक रहनुहोस्, राष्ट्रिय कोरोनाभाइरस हेल्पलाइनलाई १८०० ०२० ०८० मा फोन गर्नुहोस् वा ट्रान्सलेटिंङ्ग एण्ड ईन्टप्रेटिङ्ग  सेवालाई १३१ ४५० मा फोन गर्नुहोला।

त्यहाँ नि: शुल्क अष्ट्रेलिया सरकारको एप्स पनि छ – एप्पल स्टोर वा गुगल प्लेमा ‘कोरोनाभाइरस अष्ट्रेलिया'(‘Coronavirus Australia’) खोजी गरि डाउनलोड गर्न सकिने छ ।

 

CALD – Print Media Editorial – Nepali | GPO Box 9848 Canberra ACT 2601 www.health.gov.au