प्रचण्ड भावि प्रधानमन्त्री ? प्रधानमन्त्री ओलीले डाके आकस्मिक बैठक

काठमाडौं— एमाओवादी पदाधिकारी बैठकले अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ । आज बुधवार लाजिम्पाटस्थित प्रचण्ड निवासमा बसेको बैठकले दाहालको नेतृत्वमा कांग्रेस, एमाले, राप्रपा नेपाल, मधेशकेन्द्रित दललाई मिलाएर सहमतिको सरकार गठन गर्ने निर्णय गरेको हो । यसैबीच अध्यक्ष दाहालले एक विज्ञप्ति जारी गरी एमाओवादीको नेतृत्वमा सरकार गठनका लागि नेपाली कांग्रेसले समेत सहमति जनाइसकेकाले त्यसदिशामा अघि बढेको जनाएका छन् ।
दाहालले सबै दललाई सरकार गठनका लागि सहयोग गर्न अपील समेत गरेका छन् । राष्ट्रिय स्वाधिनता तथा स्वाभिमानको रक्षा, शान्ति प्रक्रियाको बाँकी कार्यभार, राजनीतिक समस्यालाई वार्ताद्वारा समाधान, संविधानको कार्यान्वयन र पुनर्निर्माणको कार्यमा वर्तमान सरकारले काम गर्न नसकेको दाहालको आरोप छ । प्रतिपक्षी नेपाली कांग्रेस सहित सत्तारुढ एमाओवादी समेत सरकारको विकल्पको खोजीमा लागेपछि अहिले एमाले स्थायी समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।
यसैबीच, प्रमुख सत्ता साझेदार एकीकृत माओवादीले आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार गठनका लागि आह्वान गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता पक्षीय दलहरुको बैठक बोलाएका छन् । माओवादीले सरकार छाड्ने संकेत गरेपछि उत्पन्न परिस्थितिको सामना गर्न प्रधानमन्त्रीले आकस्मिक बैठक आह्वान गरेका हुन् । बैठकमा प्रधानमन्त्री ओलीले सत्ता गठबन्धन नछाड्न आग्रह गर्ने अनुमान गरिएको छ । बैठकमा भाग लिन सत्ता रुढ दलहरु बालुवाटार पुग्ने क्रम सुरु भएको छ । माओवादीले सरकार छाड्ने संकेत गरे लगत्तै राप्रपा नेपालले यही गठबन्धलाई निरन्तरत दिन आग्रह गरेको छ । संविधान कार्यान्वयन र आर्थिक विकासका एजेण्डा अघि बढाउने बेला सरकार परिवर्नतको खेलमा नलाग्न राप्रपा नेपालले विज्ञप्ती मार्फत आग्रह गरेको छ । एमाले अध्यक्ष ओलीको नेतृत्वमा एकीकृत माओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिक, राप्रपा लगायत १६ दलको समर्थनमा गएको असोजमा सरकार बनेको थियो ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...