विदेशमा अलपत्र १८ हजार २ सय ९४ जनाको उद्धार

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं – कोरोना भाइरसका कारणले विश्वव्यापी लकडाउन सुरु भएपछि विभिन्न देशमा रोकिएका नेपालीहरुमध्ये अहिलेसम्म १८ हजार २ सय ९४ जनाको उद्दार गरिएको छ ।

जुनको पहिलो सातादेखि हालसम्म २१ देशका १८ हजार २ सय ९४ जनाको उद्दार गरिएको कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

अफगानिस्तान, अष्ट्रिेलया, ओमान, कतार, म्यानमार, कुवेत, जापान, थाइल्याण्ड, दक्षिण कोरिया, वंगलादेश, मलेसिया, माल्दिभ्स, श्रीलंका, युएई, साउदी अरब, सिंगापुर, हङकङ, पाकिस्तान, बहराइन, अमेरिका र बेलायतलगायतका देशमा रहेका नेपालीहरु नेपाल फर्किका छन् ।

यसैबीच विदेशमा मृत्यु भएका ३ सय ५२ जना मध्ये १ सय १५ को शव नेपाल ल्याएर अन्त्येष्टि गरिएको छ भने बाँकी १ सय ५ शवको व्यवस्थापनको काम बाँकी रहेको छ ।
ती मध्ये १ सय ३२ जना नेपालीहरुको शव परिवारको सहमतिमा विदेशमै अन्त्येष्टि गरिएको छ ।