अष्ट्रेलियाबाट जुलाई १४ र २१ मा  सेमीचाटर्ड उडान हुदै 

उडान तयारीमा जुट्दै एनआरएनए अष्ट्रेलिया 
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, असार २६, २०७७

नेपाली दुताबास क्यानबेराको संयोजनमा गत हप्ता एनआरएनए अष्ट्रेलिया, आम्डा लगाएतका अन्य  नेपाली समुदायका बिभिन्न स्टेटका बाणिज्य एबं महाबाणिज्यदुतका प्रतिनिधिहरु विच छलफल पछि एनआरएनए अष्ट्रेलियाको संयोजनमा बनेको समितिले छोटो समयमा नै अष्ट्रेलियाका भिन्न शहरहरु बाट नेपालको राजधानी सम्म  सेमीचाटर्ड फ्लाइटको मिति तय गरेको छ। जुलाई १४ र जुलाई २१ को मिति तय भए संगै एनआरएनए अष्ट्रेलियाका पदाधिकारीहरु र स्वयंसेवकहरु उडानका तयारीमा रात दिन खटिरहेका छन्।

एनआरएनए अष्ट्रेलियाका महासचिब डा. ज्ञानेन्द्र रेग्मीका अनुसार जुलाई १४ को उडान निश्चित भइ सकेको र फर्कन चाहने इच्छुकहरु स्थिति हेर्दा जुलाई २१ को उडान पनि हुने लगभग निश्चय जस्तै रहेको छ।  इमेल र सामाजिक संजाल मार्फत बिभिन्न जानकारीहरु दिदै डा. रेग्मीले अष्ट्रेलियामा रहेका र नेपाल फर्कन चाहने नेपाली हरुले एनआरएनएले विवरण संकलन गर्न तयार गरेको फर्म भर्न, उडान शुल्क देहायको खातामा हाल्न, संस्थाको सम्पर्कमा रहन र पिसिआरको प्रकृयामा जान सहयोग आबश्यक परेमा संस्थाका साथीहरु लाई सम्पर्क गर्न अनुरोध गरेका छन् । रेग्मीले दिएको जानकारी अनुसार सिड्नीका प्रमुख शहरहरु सिड्नी मेलबर्न र ब्रिसबेनबाट यात्रुहरु सिङ्गपुर एयर लाईन्सको नियमित उडान मार्फत पहिला सिङ्गापुर पुग्नेछन् त्यस पछि सिङ्गपुरबाट चाटर्ड बिमानबाट काठमाण्डौ सम्मको यात्रा तय गर्ने छन् । यी तिन शहर बाहेकका यात्रुका लागि कनेक्टिङ्ग फ्लाइटबाट आफुलाई नजिक पर्ने कुनै एक शहरमा जानु पर्नेछ।  काठमाण्डौ पुगी सके पछि नेपाल सरकारले निर्धारण गरेको १४ दिनको कवारेनटाइनका नियमहरु सबैले पालना गर्नु पर्नेछ।

एनआरएनए अष्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेलका अनुसार यो समाचार लेख्दा सम्म ४५० जना भन्दा धेरै नेपाल फर्कन इच्छुक व्यक्तिहरु भाडा शुल्क नै एनआरएनए अष्ट्रेलियाले तोकेको खातामा आइसकेको छ । अन लाईन फर्म मार्फत आएको इच्छुकहरु विवरणको संख्या त त्यो भन्दा निक्कै धेरै छ । फर्म भरि सकेकाहरु ले उडान शुल्क एनआरएनए अष्ट्रेलियाले तोकेको खातामा हाली सके पछि सो को जानकारी treasurer@nrn.org.au मा पठाउन पनि  कोषाध्यक्ष पोखरेलले अनुरोध गरेका छन्। एनआरएनए अष्ट्रेलियाको खातामा उडान शुल्क जम्मा भइ सके पछाडी पहिलो उडानमा छानिएकाहरु लाई एनआरएनए अष्ट्रेलीयाका पदाधिकारीहरु ले इमेल गर्ने छन्  ( पहिलो उडानका धेरै लाई इमेल गरिसकिएको छ ) त्यस पछि  पीसीआर टेस्ट गर्नु पर्नेछ।

यी उडानको सम्बन्धमा दुताबासले नेपाल सरकार र  उच्चस्तरीय समितिलाई जानकारी सहितको पत्र पठाई सकेको छ । कोभिड-१९ का कारण बन्द रहेको नेपाल विमानस्थलमा अवतरण हुने सबै बिमानका लागि नेपाल सरकार उच्चस्तरीय समितिले अनुमति दिनु पर्नेछ । सामान्यत अनुमति आउंछ भन्ने हाम्रो बिश्वास छ, हामी त्यसैको प्रतिक्षामा छौं एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशब कंडेलले भने । कंडेलका अनुसार यस भन्दा अगाडी भएका २ वटा चाटर्ड फ्लाईटमा उडान शुल्क निकै महँगो भएको हामीले आबाज उठाएका थियौं । यस पटक हामीले सके सम्म बजारमा रहेका बिभिन्न सेवादायक मध्येबाट सस्तो छनोट गर्दा $1,750 AUD (USD Equivalent $1,151.68)  भेटेयौं  र सोहि अनुसार आज सम्म सबै प्रक्रियामा छौं।  यसमा कुनै चलखेल हुने र अन्तिम समयमा उडान अवतरणको अनुमति नपाउने पो हौं कि भन्ने शंकाहरु पनि उब्जिएका छन् त्यसलाई निस्तेज गर्न र हाम्रो काममा थप उत्साह थप्न नेपाल सरकारले छिटो भन्दा छिटो अवतरण अनुमति दियोस भन्न हाम्रो अनुरोध हो कंडेलले भने।

एनआरएनए अष्ट्रेलियाले तयार गरेको यात्रु विवरण सम्बन्धि फर्म, अन्य जानकारी र उडान भाडा ( शुल्क) लागएतको जानकारीका लागि यस लिंक मा किल्क गर्न सक्नुहुनेछ ।

थप जानकरीका र निरन्तर अपडेटको लागि एनआरएनए अष्ट्रेलियाको फेसबुक पेज https://www.facebook.com/NRNAAustralia/  हेरीरहन पनि अनुरोध गरिन्छ।