छानबिन समितिको निष्कर्ष : ‘निर्मम आक्रमणपछि सामूहिक हत्या’

काठमाडौँ – रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा जेठ १० गते भएको घटनामा मृत्यु भएका नवराज विकसहितका व्यक्तिलाई ठूलो समूहले निर्मम आक्रमणपछि हत्या गरेको निष्कर्ष संसदीय छानबिन समितिले निकालेको छ ।
अदालतमा मुद्दा विचाराधीन रहेकै बेला प्रतिनिधि सभाद्वारा गठित संसदीय छानबिन समितिले मङ्गलबार सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको छ । समितिका संयोजक देवेन्द्र पौडेलले प्रतिवेदन मङ्गलबार बुझाउनुभएको हो । समितिले एक महिनाको अवधिमा स्थलगत अध्ययनपछि प्रतिवेदन बुझाएको हो ।
समितिले घटना अन्तरजातीय सम्बन्धका कारण उत्पन्न भएको र दोहोरो झडप नभई एकपक्षीय रूपमा घटना गराइएको निष्कर्ष निकालेको छ ।
“हामीले प्रतिवेदन बुझाएका छौँ । मुख्यतः घटना दोहोरो झडप हैन भन्ने हाम्रो निष्कर्ष छ । निर्मम रूपमा आक्रमणपछि हत्या भएको छ । अन्तरजातीय सम्बन्धको कारणबाट घटना विकसित भएको समितिको निष्कर्ष छ’’, संयोजक पौडेलले भन्नुभयो ।
ठूलो समूह मिलेर आक्रमण गरी नवराजसहित छ जनाको हत्या भएको निष्कर्ष समितिको छ ।
घटनामा संलग्नलाई प्रचलित कानुनबमोजिम कारबाही गर्न सुझाव दिँदै समितिले संवैधानिक र कानुनी प्रावधान कार्यान्वयन गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।
समानता र स्वतन्त्रताको हक कार्यान्वयन गर्न तथा संवैधानिक आयोग गठनको विषयलाई पनि यथाशीघ्र प्राथमिकतामा राख्न समितिले सरकारको ध्यानाकर्षण गराएको छ ।
समितिले पीडित परिवारलाई राज्यका तर्फबाट क्षतिपूर्ति उपलब्ध गराउन पनि सुझाव दिएको छ । आश्रित परिवारका बालबच्चालाई शिक्षा, स्वास्थ्य तथा रोजगारीको ग्यारेन्टी गर्न सुझाव दिँदै समितिले आश्रित परिवारलाई कम्तीमा १० लाख रुपियाँ क्षतिपूर्ति दिन र मृतकका नाममा स्मृति पार्क बनाउन पनि सुझाव दिएको छ ।
जेठ १० गते चौरजहारीमा भएको घटनामा नवराज विकसहित छ जनाको हत्या भएको थियो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ३४ जनाविरुद्ध रुकुम जिल्ला अदालतमा मुद्दा दायर गरिसकेको छ ।
अदालतले २३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेशसमेत जारी गरिसकेको छ । पीडित परिवार, घटनाका प्रत्यक्षदर्शी, घाइते, घटनास्थलमा प्रारम्भमा पुगेका प्रहरीसँग पनि समितिले जानकारी लिएको छ ।
घटना अनुसन्धानका लागि संसदीय समितिको माग गर्दै विपक्षी दलहरूले सदनको कारबाही अवरोध गर्ने चेतावनी दिएपछि जेठ २६ गते समिति गठन भएको थियो । जेठ ३१ बाट समितिले कार्य प्रारम्भ गरेको थियो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



