विदेशी विद्यार्थीलाई डिपोर्ट गर्ने योजनाबाट पछि हट्यो अमेरिका

न्यूयोर्क- अनलाइन कक्षा लिइरहेका विदेशी विद्यार्थीलाई डिपोर्ट (सम्बन्धित देश फिर्ता पठाउने) गर्ने योजनाबाट अमेरिका पछि हटेको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले पूर्ण रुपमा अनलाइन कक्षा रहेका विदेशी विद्यार्थी अमेरिका बस्न नपाउने नियम ल्याएकोमा चौतर्फी आलोचना भएपछि ट्रम्प प्रशासन पछि हटेको दि न्यूयोर्क टाइम्सले जनाएको छ ।
सरकारको निर्णयविरुद्ध हार्वर्ड विश्वविद्यालय र मासाचुसेट्स इन्स्टिच्युड अफ टेक्नोलोजी (एमआइटी) ले अदालतमा मुद्दा हालेका थिए ।
तर ट्रम्प प्रशासनले निर्णय फिर्ता लिएपछि हार्वर्ड र एमआइटीले दायर गरेको मुद्दा सहमतिमा टुंगिएको मासाचुसेट्सका जिल्ला न्यायाधीश एलिसन बुरोजले बताउनुभयो ।
कोरोना भाइरसका कारण अनलाइन कक्षा लिने विश्वविद्यालय तथा शैक्षिक संस्थाका विदेशी विद्यार्थीले आफ्नै देश फर्किनु पर्ने नियम घोषणा गरेको एक हप्तामै ट्रम्प प्रशासन उक्त निर्णयबाट पछि हट्न बाध्य भएको हो ।
सहमति अनुसार विदेशी विद्यार्थी कानूनी रुपमा अमेरिकामै रहेर अनलाइनबाट पनि कक्षा लिन सक्ने छन् ।
अमेरिकाको इमिग्रेसन एण्ड कस्टम्स इनफोर्समेन्ट (आइसिइ) ले गत हप्ता पठन–पाठन पूर्ण रुपमा अनलाईन गरेका विश्वविद्यालयमा अध्ययनरत विदेशी विद्यार्थी यो शरद ऋतुमा अमेरिका बस्न नपाउने नीति घोषणा गरेको थियो ।
नियम नमान्नेलाई डिर्पोट गर्ने चेतावनी आइसिइले बताएको थियो ।
कोरोना भाइरसको महामारीका कारण अमेरिकाका धेरै विश्वविद्यालयले कक्षा पूर्ण रुपमा अनलाईन बनाएका छन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...