मञ्जु पौडेलको “तीजैमा” बोलको तीज गीत सार्बजनिक 

 भिडियो सहित
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, साउन १५, २०७७
साउन महिना लागे संगै हाम्रा चाडपर्ब नजिकदै छन् ।चाडपर्बहरुको शुरुवाती संगै संगीतमय पर्बको रुपमा मनाईने तीज नजिकिँदै गर्दा सर्जकहरु ले तीजका गीतहरु सार्वजनिक गर्ने क्रम जारि छ ।  यो पटक कोभिड -१९ को माहामारी संगै तीजका गीतहरु पहिले भन्दा फरक ढंगले आएका छन् ।  यसै क्रममा प्रतिभाशाली कार्यक्रम प्रस्तोता एबं गायिका मञ्जु पौडेलले वर्ष दिन भरिका दुःख र कष्टहरु तीजको  दिन गाउँदै, नाँच्दै,  मिठो मसिनो खाँदै हांसीखुसि चेलीबेटी संग मनाउने हाम्रो चलनलाई मिठा शब्दहरु सहित निकै सरल ढंगले  “तीजैमा” बोलको तीज गीत मार्फत व्यक्त गरेकी छन्।
यस गीतमा गायिका मञ्जु पौडेललाई अर्की गायिका मीना निरौलाले साथ दिएकी छन् । गायिका पौडेल कै आफ्नो संगीत एवं दिग्गज द्यौरालीको शब्दमा रहेको यो गीतको संगीत संयोजन निरज श्रेष्ठले गरेका छन् भने म्युजिक भिडियो सहित सार्बजनिक यस गीतको म्युजिक भिडियोको छायांकन तथा निर्देशन दुर्गा पौडेलको हो । गायिकाद्दय मञ्जु पौडेल र मीना निरौला सहित इन्दु, रश्मी र भावना लागएतको अभिनय रहेको यस म्युजिक भिडियोलाई नवीन घर्तीमगरले सम्पादन गरेका हुन्। प्रस्तुत गित एबं म्युजिक भिडियो बीएमएस फिल्म्स ( BMS Films ) को युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।
भिडियोको लागि: