गायक सञ्जिब सिंहको ‘तिमी र म’ सार्वजनिक
काठमाडौं— मेलोडियस शैलीका गीत गाएर दर्शक तथा स्रोतामाझ लोकप्रिय भएका गायक सञ्जिब सिंहको नवौं एकल गीति एल्बम ‘तिमी र म’ सार्वजनिक भएको छ । स्टेरियो रेकर्ड्सले आज बिहिबार काठमाडौंमा सार्वजनिक गरेको यो एल्बममा पनि गायक सिंहले आफ्नो मेलोडी शैलीलाई कायम राखेका छन् ।
सन् २००० मा पहिलो एल्बम ‘आकाशबाट’ मार्फत सांगीतिक क्षेत्रमा सक्रिए भएका गायक सिंहले यो अवधिमा दर्जनौं लोकप्रिय गीत–संगीत स्रोतामाझ पस्किसकेका छन् । ‘चुलेसीमा…’ गीतको लोकप्रितासंगै दर्शक तथा स्रोताको मन–मुटुमा बस्न सफल गायक सञ्जिब सिंहले ‘तिमी र म’ एल्बममा आफ्नो संगीतका ८ तथा सुरेशकुमार क्षेत्रीको एक गरी ९ वटा गीत समावेश गरेका छन् । एल्बमका सात गीतमा गायक सिंहकै शब्द सुन्न सकिन्छ भने बाँकि गतिमा सुरेशकुमार क्षेत्री तथा बिलास राईको शब्द छन् ।
गोपाल रसाइली, महाराज थापा तथा राजन ईशानले एल्बमका गीतमा संगीत संयोजन गरेका छन् । एल्बमको शीर्षक गीत ‘तिमी र म’ को म्युजिक भिडियो केही वर्षअघि नै यूट्युबमार्फत सार्वजनिक भैसकेको छ । यो गीतको म्युजिक भिडियो करिव ८ लाख पटक हेरिएको छ । यसबाहेक एल्बमको ‘रातो भाले’ को म्युजिक भिडियो पनि दर्शकले मन पराएका छन् । ‘के जादू चल्यो’ गीतको म्युजिक भिडियो गत वैशाख १ गते यूट्युबवमा सार्वजनिक गरिएको छ ।
गायक सिंहले करिव तीन वर्षपछि नयाँ एकल गीति एल्बम सार्वजनिक गरेका हुन् । ‘तिमी र म’ अघि गायक सिंहले ‘मैच्याङ ज्यानमारा’, ‘मुग्लान’, ‘बेस्ट अफ सञ्जिब सिंह–१,२,३’, ‘अल्वेज’, सेलेक्टेड सञ्जिब सिंह, सोल, आकाशबाट आदि शीर्षकका गीति एल्बम सार्वजनिक गरिसकेका छन् ।
एल्बमको शीर्षक गीतको म्युजिक भिडियो :
https://youtu.be/HzJTx_pVRqg
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...