लोकतन्त्रमा अकर्मण्य भीष्म
महाभारतका महत्वपूर्ण पात्र भीष्म दृढ प्रतिज्ञाका मात्र होइन, लाचारी र अकर्मण्यताका पनि पर्याय हुन् । पिता शन्तनुको प्रेमका खातिर उनले गरेको आजीवन ब्रह्मचार्यको प्रतिज्ञा पूर्ण रूपले सफल भयो । तर, हस्तिनापुरलाई अकंटक, शान्त र न्यायको भूमि बनाउने उनको प्रण सफल हुन सकेन ।
राजपरम्पराअनुसार राजाको जेठो छोरा नै राजा हुनुपथ्र्याे । उनकै अभिभावकत्वमा जेठा धृतराष्ट्रलाई दृष्टिविहीन भएका निहुँमा पन्छाई कान्छा पाण्डुलाई राजा बनाइयो । राजकाजबाट बिरक्तिएर पाण्डु वनवासी भएपछि पहिले पन्छाइएका धृतराष्ट्रलाई नै राजा बनाइयो । दृष्टिविहीन हुनु अयोग्यता थियो भने पाण्डुपछि विदूरलाई राजा बनाउनुपथ्र्यो । धृतराष्ट्रलाई नै किन रोजियो ? दासीपुत्र हुनु विदूरको अयोग्यता थियो भने उनलाई धृतराष्ट्र र पाण्डुका भाइको दर्जा किन दिइयो ? यसको जबाफ भीष्मका क्रियाकलापबाट कतै मिल्दैन । पाण्डु र माद्रीको निधनपछि पाँच पाण्डवलाई लिएर कुन्ती हस्तिनापुर फर्किइन् । पाण्डवहरू धृतराष्ट्रपछि आफूले राज्य पाउनुपर्ने, नभए अंशबण्डा हुनुपर्ने आकांक्षा राख्थे । राज परम्पराअनुसार पाण्डवहरू राज्यका उत्तराधिकारी हुन सक्दैनथे । अर्कातिर राज्यको अंशबण्डा गर्ने कुरा कसैलाई पनि स्वीकार्य हुन सक्दैनथ्यो । पाण्डवहरूलाई बेलैमा यो कुरा बुझाउन नसक्नु भीष्मको ठूलो गल्ती थियो । हरेक कुरामा लाचारी व्यक्त गरेर भीष्मले पाण्डवमाथि अत्याचार गर्न कौरवलाई एक प्रकारले प्रोत्साहित नै गरे । द्रौपदीको चीरहरण हुन लाग्दा बरु कौरव पक्षकै विकर्णले विरोध गरे । तर, भीष्मले हदै अकर्मण्य कुरा गरे । वनवास र गुप्तवासको सर्त पूरा गरेपछि पाण्डवले आफ्नो भागको राज्य स्वतः पाउनुपथ्र्यो । यस्तोमा दुर्योधनलाई हस्तक्षेप गरेर युद्ध रोक्न नसक्नु हस्तिनापुरको अभिभावक भएका नाताले भीष्मकै गल्ती थियो ।
हस्तिनापुरका संरक्षक शक्तिशाली भीष्मजस्तै प्रधानमन्त्री चुनिँदा खड्गप्रसाद ओलीसँग के थिएन ? दुवै संसद्मा प्रतिपक्षले टाउको समेत उठाउन नसक्ने स्तरको बहुमत थियो ।
ओलीको अर्मण्यता
हस्तिनापुरका संरक्षक शक्तिशाली भीष्मजस्तै प्रधानमन्त्री चुनिँदा खड्गप्रसाद ओलीसँग के थिएन ? दुवै संसद्मा प्रतिपक्षले टाउको समेत उठाउन नसक्ने स्तरको बहुमत थियो । भारतीय नाकाबन्दीविरुद्ध चीनसँग पारवहन सन्धि गरेर र ऐन मौकामा पदबाट राजीनामा गरेर उनले उदाहरण प्रस्तुत गरेका थिए । त्यसले गर्दा उनको अध्यक्षतामा तत्कालीन एमालेले स्थानीय र प्रतिनिधिसभाको चुनावमा पार्टीलाई शानदार जित हासिल गरेको थियो । संसदीय चुनावमा तत्कालीन एमाओवादीसँग कार्यगत एकता र पछि पार्टी एकताले त उसलाई शक्तिको शिखरमा पुर्यायो । भनिन्छ, २०१५ को आमचुनावपछि बीपी कोइरालाजस्तै पछिल्लो संसदीय निर्वाचनपछि ओली सर्वाधिक शक्तिशाली प्रधानमन्त्री हुन् ।
ओली सरकारले सुरुवातमा राम्रा केही काम गर्न सुरु गरेको अवश्य हो । जस्तो : सार्वजनिक सवारीको सिन्डिकेट तोड्ने प्रक्रिया, मजदुरहरूको दीर्घकालीन हितका उपायलगायत काम । तर, समस्या शक्तिको उन्माद र इच्छाशक्तिको अभावबाट सुरु भयो । जुन जनताले उनको पार्टीलाई शानदार जित दिलाए, तिनको प्रयोजन सकियो भनेझैँ गरी सरकारले उत्तरदायित्वबोध गर्न छाड्यो । पाँच वर्षपछि फेरि तिनकै शरणमा जानुपर्दा के हाल होला भन्ने उसले सोचेन । ठालूपन कतिसम्म देखियो भने जनता उनको नजरमा रैती हुन थाले । शब्दैपिच्छे अहंकार चुहिन थाल्यो । जनताप्रति दायित्वबोध गरेको भए अहम् यसरी पक्कै चुलिने नै थिएन र उनको ध्यान समस्याको अन्तरकुन्तर केलाउन, देशलाई गहिरोसँग बुझ्न र कार्यकुशलता बढाउनमा केन्द्रित हुने थियो । तर, शक्तिको उन्मादले गर्दा निर्मला पन्तको बलात्कार तथा हत्याजस्तो जघन्य अपराधमा संलग्नलाई पत्ता लगाउन उनको सरकार पटक्कै गम्भीर भएन । एक हिसाबले त्यो काण्ड त्यसै फासफुस भयो र अपराधीले उन्मुक्ति नै पाएसरह भयो । स्वास्थ्य क्षेत्रमा व्याप्त नाफाखोरहरूको हालीमुहाली विरुद्ध सतिसालझैँ उभिएका डा. गोविन्द केसीको सत्याग्रहलाई बेवास्ता गरेर र नाफाखोरहरूकै हितैषी भएर उसले आफ्नो लोकप्रियता स्वात्तै घटायो । यो सरकार आदिवासी, जनजाति, दलित, मधेसी र उत्पीडित वर्गप्रति गणतन्त्रपछिको इहिासमै अमैत्री देखियो । त्यसले गर्दा उपेन्द्र यादवहरू सरकारबाट अलग हुन पुगे । नागरिकता विधेयकले त लैंगिक समताको दोहोलै काढ्यो । करको दर उच्च पारियो तर तिनै करदाता जनताप्रति कोरोना भाइरसको विपत्तिमा दायित्वबोध गरिएन । स्वास्थ्य सामग्री खरिदमा त्यस विषयमा पटक्कै अनुभव नभएको ओम्नी समूहलाई लुटपाट मच्चाउने अवसर दिइयो तर प्रधानमन्त्रीले त्यो कुन समूह हो आफूलाई थाहा नभएको बताए ।
कोरोना भाइरसको आतंक मच्चिने डरले चैत ११ देखि सरकारले झन्डै तीन महिना कडा लकडाउन ग¥यो । सारा अर्थ व्यवस्था ठप्प भएपछि जनताले त्यसविरुद्ध आवाज उठाए । उसले लडकडाउनलाई खुकुलो पार्दै अन्ततः असार १० देखि त्यसको अन्त्य भएको घोषणा गर्यो । उसले सार्वजनिक यातायातलाई एउटा सिटमा एक जना मात्र राख्ने गरी ५० प्रतिशत भाडा बढाएर लिन अनुमति दियो । तर, गाडी व्यवसायीहरू यात्रुसँग झन्डै १०० प्रतिशत बढाएर भाडा असुलिरहेका छन् र टनाटन भरेर यात्रु ओसारिरहेका छन् । त्यसको खासै कतै अनुगमन भएको छैन । लकडाउन अन्त्य घोषणाको अर्थ कोरोनाको संकट सकिएको अवश्य थिएन । त्यसका लागि सरकारले जनस्वास्थ्य सुरक्षा व्यवस्था तन्दुरुस्त राख्दै रोग संक्रमण हुन नदिन विज्ञको सल्लाहअनुसार पीसीआर परीक्षणको दायरा बढाउँदै सार्वजनिक स्थल, यातायात आदि क्षेत्रमा कडा सुरक्षा व्यवस्था अपनाउनुपथ्र्यो । जनतासँग प्रतिशोध लिएझैँ गरी ऊ अहिले पूरै निस्पृह भएर बसेको छ । संक्रमण समुदायमै फैलिसकेको आशंका गरिएको छ । मृतकको संख्या पनि क्रमशः बढ्दैछ । पहिले लक्षणबिनाका संक्रमित देखिएकामा अब लक्षणसहितका संक्रमित देखिन थालेका छन् । यस्तो बेला नेकपाभित्र सत्ता जोगाउने र सत्ताच्युत पार्ने खेल निर्लज्तापूर्वक चलिरहेछ । यसको तनावमा प्रधानमन्त्री ओली अकर्मण्य भीष्मझैँ देशको संकटप्रति आँखा चिम्लेर सत्ताको बचाउमा लागिरहेका छन् । पद्धति मिचेर र जिद्दी गरेरै ओली यहाँसम्म आइपुगेका हुन् । पार्टीभित्र अहिले उनको संकट पनि त्यही जिद्दीको परिणाम हो ।
अंकगणितको खेल
एउटा रुखमा दस वटा चरा छन् । कसैले गुलेली हानेर एउटा चरा मारिदियो, अब कति वटा बाँकी हुन्छन् । अंकगणितले भन्छ, ९ वटा । तर, यहाँ अंकगणितले काम गर्दैन । बाँकी चराहरू सबै उडेर जान्छन् । जीवनको कठोर परीक्षामा अंकगणितले मात्र काम गर्दैन । शक्तिको उन्मादमा ओली सरकारले अंकगणितबाहेक केही देखेन । आज पार्टीभित्र त्यही अंकगणितको बन्दुक तेस्र्याएर उनको सर्वसत्ताविरुद्ध संघर्ष चलिरहेछ ।
हस्तिनापुरका संरक्षक भीष्म अकर्मण्य हुँदा कौरव पक्षले महाभारत युद्ध हार्नुप¥यो । प्रधानमन्त्री खड्ग ओलीको जिद्दीले पार्टीले के के गुमाउनुपर्ने हो ? त्यो निकट भविष्यले अवश्य बताउने छ ।
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
Get willing to find your perfect abdl match If you are looking for...
What you may anticipate when dating local bi-sexuals When dating local bi-sexuals, it’s...
Are you currently worried your partner...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...