फुटबल खेलाडीसहित ५३ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

काठमाडौं– विश्वकप फुटबल छनोट तथा एशियन कप छनोट खेल्ने राष्ट्रिय फुटबल टोलीका खेलाडी र अधिकृतसहित ५४ जनाको पिसिआर परीक्षण गराएकामा ५३ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
एक जनाको पुनः पिसीआर परीक्षण गरिने भएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सोमबार ११ खेलाडीसहित २५ जनाको तथा मङ्गलबार २८ जनाको स्वाब परीक्षण गराएको थियो ।
एन्फा प्रवक्ता किरण राईका अनुसार पिसिआर परीक्षण गराउनेमा ३४ खेलाडी, आठ अधिकृत र १२ कर्मचारी थिए ।
एन्फाले आगामी भदौ १ देखि विश्वकप फुटबल छनोट प्रतियोगिताका लागि खेलाडी, अधिकृत र कर्मचारीको कोरोना परीक्षण गराएको हो ।
विश्व फुटबल महासङ्घ (फिफा) ले भने सन् २०२० मा विश्वकप छनोट प्रतियोगिताका बाँकी कुनै पनि खेल नखेलाउने निर्णय गरेको छ ।
फिफाको उक्त निर्णयसँगै हाललाई नेपाली फुटबल टोलीको प्रशिक्षण एन्फाले स्थगन गरेको छ ।
दोस्रो चरणको विश्वकप छनोटअन्तर्गत नेपालले तीन खेल खेल्न बाँकी थियो ।
नेपालले खेल्न बाँकी रहेका चाइनिज ताइपेई, अष्ट्रेलिया र जोर्डनसितको खेल नेपालमै खेलाउने तयारी गरिएको थियो ।
हाललाई एन्फाको बन्द प्रशिक्षण रोकिएको छ ।
सन् २०२२ मा कतारमा विश्वकप तथा सन् २०२३ मा चीनमा एशियन कपको छनोटका लागि नेपालले प्रशिक्षण गर्न तयारी गरेको थियो ।
हालसम्म नेपालको पाँच खेलबाट तीन अङ्क छ ।
चाइनिज ताइपेइलाई पराजित गरेको नेपाल समूहको चौथो स्थानमा छ । यस समूहको शीर्ष स्थानमा अष्ट्रेलिया छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...