५२५ जनामा कोरोना सङ्क्रमण

काठमाडौँ- नेपालमा पछिल्लो पटक ५०० भन्दा बढी नयाँ व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकोे छ ।
देशका विभिन्न प्रयोगशालामा नौ हजार ८५९ जनामा गरिएको पिसिआर परीक्षणमा ५२५ व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
यससँगै नेपालमा कोरोना सङ्क्रमित २४ हजार ९५७ जना पुगेका छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा थप १०९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।
यससहित नेपालमा हालसम्म १६ हजार ८३७ उपचारपछि निको भएका छन् ।
काठमाडौँ उपत्यकामा पछिल्लो पटक १२७ जनामा कोरोना सङ्क्रमित पुष्टि भएको छ ।
काठमाडौँमा १११, ललितपुरमा ११ र भक्तपुरमा पाँच जना कोरोना सङ्क्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा नेपालमा थप चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
महोत्तरी, धनुषा, अछाम र मोरङमा एकएक जनाको मृत्यु भएको प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो । यससँगै कोरोना सङ्क्रमित मृतक ९५ जना पुगेका छन् ।
महोत्तरीको मटिहानी नगरपालिका वडा नं ६ का ४५ वर्षीय एक पुरुषको उपचारका क्रममा राम जानकी अस्पतालमा यही साउन २५ गते मृत्यु भएको हो ।
उहाँ क्षयरोग तथा मधुमेहका रोगी हुनुहुन्थ्यो ।
त्यस्तै धनुषाको मिथिला नगरपालिका वडा नं ७ ढल्केबरका ८५ वर्षीया महिलाको यही साउन २८ गते मृत्यु भएको छ ।
उहाँ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत हुनुनुन्थ्यो ।
त्यस्तै अछामको रामारोशन गाउँपालिका वडा नं ५ का १८ वर्षीय एक पुरुषको यही साउन २८ गते उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको छ । उहाँ मुटुरोगी हुनुहुन्थ्यो ।
त्यसैगरी मोरङ जिल्लाको विराटनगर महानगरपालिका वडा नं ३ का ५७ वर्षीय एक पुरुषको यही साउन २८ गते उपचारका क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको छ ।
उहाँ उच्च रक्तचाप तथा मधुमेहका बिरामी हुनुहुन्थ्यो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



