पछि हट्यो एमाओवादी, नढल्ने भो सरकार
काठमाडौं— एमाले नेतृत्वको वर्तमान सरकार ढालेर आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने निर्णयबाट एमाओवादी पछि हटेको छ । सरकार परिवर्तनमा संवैधानिक कानुनी जटिलता देखेपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीको सरकार फेर्ने निर्णयबाट पछि हटेका हुन् । यही जटिलताका कारण प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासंग तत्काल ओली नेतृत्वको सरकार छाड्न नसकिने बताउँदै अहिले हतार भएको बताएका थिए । देउवासँगको छलफलबाटै प्रचण्ड सरकार ढाल्ने निर्णयबाट औपचारिक रुपमै पछि हटेका हुन् ।
एमाओवादी तथा प्रचण्ड पछि हट्नुका मुख्य कारणहरुमा एमाओवादीबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुले सरकार नछोड्न प्रचण्डलाई दवाव दिनु, अविश्वासको प्रस्तावमा पनि नियमावलीका कारण झमेला हुने देखिनु, सहमतिको सरकार बनाउने भनेर सरकार परिवर्तन लागेपनि एमालेले नीति तथा कार्यक्रम र बजेट पास नभएसम्म सरकार नछाड्ने अडान लिनु, एमाओवादीको नयाँ सरकारलाई साथ पनि नदिने अडान लिनु तथा जेठ १५ पछि एमालेले आफैं प्रचण्डलाई प्रधानमन्त्रीमा सिफारिस गर्ने प्रस्ताव गर्नु आदि रहेका छन् ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...