प्रचण्डको नाटीय परिवर्तनले ओली सरकार जोगियो

-- ?>

आफ्नै नेतृत्वमा सरकार गठन गर्न अपिल गरेको चौबीस घण्टा नबित्दै एमाओवादी अध्यक्ष प्रचण्डको नाटीय परिवर्तनले ओली सरकार जोगियो । नयाँ सरकारबारे छलफल गर्न लाजिम्पाट पुगेको कांग्रेस नेताको टोलि बिहीबार बिहान ‘प्रचण्डले धोका दिए’ भन्दै फिर्ता भएको छ ।
प्रचण्डसँग छलफल गर्न पुगेका कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको टोलीका सदस्य विमलेन्द्र निधिले बाहिर निस्किएर फोन गर्दै भने, ‘हामीलाई प्रचण्डले धोका दिए ।’
प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच गोप्य समझदारी भएपछि प्रचण्डले कांग्रेस नेताहरुलाई जिल्ल पारेका हुन् । स्रोतका अनुसार सरकारलाई नीति तथा कार्यक्रम ल्याउन दिने र स्थानीय चुनावसम्म एमाले-एमाओवादी सहकार्य गरेर अघि बढ्ने प्रचण्डले एमाले नेतालाई बचन दिएका छन् ।
आजै एमाले र एमाओवादीबीच दुई पक्षीय छलफल हुने र लिखित सहमतिसमेत हुने एमाओवादीका एक नेताले बताए ।
आफ्नो पूर्वअडानबाट प्रचण्ड पछि हटेपछि ओली सरकारमाथि आइलागेको संकट तत्कालका लागि टरेको छ ।