प्रचण्ड र ओलीबीच द्वन्द्वकालका घटनाका मुद्दा फिर्ता लिने, आममाफी दिने लगायतका खतरनाक सहमति

नेकपा एमाले र एनेकपा माओवादीबीच बिहीबार मध्यराति भएको आकस्मिक ९ बुँदे सहमतिले एमाओवादीको खास नियत उदांगो भएको छ । एकाएक फेरिएको राजनीतिमा प्रधानमन्त्री केपी ओली र प्रचण्डबीच डरलाग्दो सहमति भएर फेरिएको छ ।
एमाओवादीले खासमा किन केपी ओली नेतृत्वको सरकार ढाल्न खोजेको रहेछ अनि ओलीलाई काँधमा बन्दुक राखेर उसले आफ्नो के स्वार्थलाई पड्काउन खोजेको रहेछ भन्ने कुरा एमालेसँग एमाओवादीले गरेको नौ बुँदे सहमति हेरे प्रष्ट हुन्छ । राष्ट्रिय स्वाधिनताको मुद्दा, भारतको चाल र शेरबहादुर देउवाको स्वार्थ त छँदै थियो, त्यो भन्दा पनि खतरानाक स्वार्थ त एमाओवादीकै रहेछ, जुन बिहीबार राति भएको नौ बुँदे सहमतिले छताछुल्ल पारिदिएको छ । एमाओवादीले आफ्ना कार्यकर्तामाथि द्वन्द्वकालका घटनामा लागेका मुद्दा फिर्ता लिने, आममाफी दिने लगायतका खतरनाक सहमति गराउन बाध्य मात्रै पारेको छैन्, द्वन्द्वकालमा माओवादीबाट किनबेच गरिएका जग्गा पास गराउनका लागि प्रक्रिया चाल्ने सहमति समेत गरेको छ । एमाले संक्रमणकालिन न्यायका विषयमा कठोर बनेर उभिएपछि एमाओवादीले कानुन संशोधनसम्मको विषयमा प्रधानमन्त्रीलाई सहमति गराउन बाध्य बनाएको छ । एमाओवादीसँगको नौ बुँदे सहमतिपछि प्रधानमन्त्री खड्गप्रसाद ओलीको खड्गो केही समयका लागि त टरेको छ, तर यसले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय जगतबाट झन् ठूलो समस्या ल्याइदिने खतरा पनि उत्तिकै छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...