प्रचण्ड र ओलीबीच द्वन्द्वकालका घटनाका मुद्दा फिर्ता लिने, आममाफी दिने लगायतका खतरनाक सहमति
नेकपा एमाले र एनेकपा माओवादीबीच बिहीबार मध्यराति भएको आकस्मिक ९ बुँदे सहमतिले एमाओवादीको खास नियत उदांगो भएको छ । एकाएक फेरिएको राजनीतिमा प्रधानमन्त्री केपी ओली र प्रचण्डबीच डरलाग्दो सहमति भएर फेरिएको छ ।
एमाओवादीले खासमा किन केपी ओली नेतृत्वको सरकार ढाल्न खोजेको रहेछ अनि ओलीलाई काँधमा बन्दुक राखेर उसले आफ्नो के स्वार्थलाई पड्काउन खोजेको रहेछ भन्ने कुरा एमालेसँग एमाओवादीले गरेको नौ बुँदे सहमति हेरे प्रष्ट हुन्छ । राष्ट्रिय स्वाधिनताको मुद्दा, भारतको चाल र शेरबहादुर देउवाको स्वार्थ त छँदै थियो, त्यो भन्दा पनि खतरानाक स्वार्थ त एमाओवादीकै रहेछ, जुन बिहीबार राति भएको नौ बुँदे सहमतिले छताछुल्ल पारिदिएको छ । एमाओवादीले आफ्ना कार्यकर्तामाथि द्वन्द्वकालका घटनामा लागेका मुद्दा फिर्ता लिने, आममाफी दिने लगायतका खतरनाक सहमति गराउन बाध्य मात्रै पारेको छैन्, द्वन्द्वकालमा माओवादीबाट किनबेच गरिएका जग्गा पास गराउनका लागि प्रक्रिया चाल्ने सहमति समेत गरेको छ । एमाले संक्रमणकालिन न्यायका विषयमा कठोर बनेर उभिएपछि एमाओवादीले कानुन संशोधनसम्मको विषयमा प्रधानमन्त्रीलाई सहमति गराउन बाध्य बनाएको छ । एमाओवादीसँगको नौ बुँदे सहमतिपछि प्रधानमन्त्री खड्गप्रसाद ओलीको खड्गो केही समयका लागि त टरेको छ, तर यसले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय जगतबाट झन् ठूलो समस्या ल्याइदिने खतरा पनि उत्तिकै छ ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...