‘नया’ को आयोजनामा रक्तदान सम्पन्न 

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
अष्ट्रेलियन युथ एसो सियसन (नया) को आयोजना  गत अगस्त १५ शनिबारका दिन  लाइफ ब्लड परामाटा सेन्टरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।अष्ट्रेलियामा नेपाली युवाहरू माझ भाइचारा सम्बन्ध बढाउँदै उनीहरूलाई बिभिन्न माध्यमले जोड्दै आइरहेको नेप्लिज अष्ट्रेलियन युथ एसोसियसन (नया) ले कोभिड-१९ को महामारीमा बिबिध सामाजिक र परोपकारी कार्यहरु मा हात बढाउने क्रममा हुन सक्ने रगतको अभावलाई समेत मध्य नजर गरि रक्तदान कार्यक्रम आयोजना गरेको छ संस्थाको अध्यक्ष प्रकाश अर्यालले बताए।
सम्पन्न रक्तदान कार्यक्रममा निर्धारित १२ जना इच्छुक रक्तदाता मध्ये  निजन चौलागाईले प्लाज्मादान गरेका थिए भने नारायण प्रसाद पाण्डे, युबराज भण्डारी, शसांक प्रधान, प्रकाश खरेल, बिश्वास अधिकारी, अभि घिमिरे र सुजित सिग्देलले ले रक्तदान गरेका थिए। रक्तदानका दिन आफुले दान गरिसके पछि पनि सेन्टरमा स्वयंसेवकको रुपमा सक्रिय ‘नया’ का प्रबक्ता निजन चौलागाईले सबै रक्तदाताहरु यो पुन्य कार्य गर्न पाएकोमा सन्तुष्टि व्यक्त गरेको बताए।
‘धेरै जना साथिहरु यो पुण्य कार्यमा सरिक हुन चाहानु हुन्छ तर रक्तदान सेन्टरको क्षमताका कारण पहिलो चरणमा सबैलाई समेट्न नसकेका कारण पुन सेप्टेम्बर १२ का दिन दोश्रो चरणको र अक्टोबर ११ शनिबार तेश्रो चरणको रक्तदानको कार्यक्रमको आयोजना गरेका छौ’ नयाका अध्यक्ष प्रकाश अर्यालले बताए । अर्यालले यस कार्यलाई संस्थाले आउने दिनमा मासिक कार्यक्रमका रुपमा राखिने कुरा पनि संस्थामा छलफल भएको बताए।