गुल्मी आगोलागि पिडित परिवारलाई अस्ट्रेलियाबाट सहयोग

गत ३० अप्रिल शनिबार गुल्मी जिल्लामा लागेको बिनाशकारी आगो लागीबाट भएको धन-जनको क्षतिमा पिडित परिबारलाई सहयोग पुराउने पबित्र उदेश्यले गुल्मी समाज अष्ट्रेलियाले अस्ट्रेलिया बाट सहयोग अभियान जारि गरेको छ । संस्थाको तर्फबाट भिम खरेलले दिएको जानकारी अनुसार गुल्मी जिल्ला अधिकारी सँग त्यहाँको बस्तुस्थिति बुझ्दा सबै भन्दा ठुलो समस्या पिडित परिवारलाई बसोबासको रहेको भन्ने जानकारी आएको छ । सोहि अनुसार समाजले यहाँबाट संकलित रकमबाट बडागाउका ७१ र नेटा गाउका १ गरी ७२ परिबारलाई प्रती परिबार २ बण्डलका दरले जस्ता पाता उपलब्ध गराउने निर्णय गरेको छ । उक्त सहयोग पिडित परिवार सम्म पुराउन नेपाली रुपैया रु ९ लाख २० हजार लाग्ने छ । हाल प्रभावित क्षेत्रमा सहयोग र आपतकालीन ब्यबस्थामा सक्रिय गुल्मी उधोग बाणिज्य सङघ सँग समन्वय गरी उक्त जस्ता पाता बितरण गरिने खरेलले बताउनु भयो ।
यसै बिच यति छोटो समयमा आफ्नो अनुरोधलाई स्वीकार गरि सहयोग गर्ने सबै सहयोगहरुलाई गुल्मी सामज अस्ट्रेलियाले हार्दिक धन्यबाद दिदै दैनिक रुपमा सहयोग दाताहरुको नाम सार्बजनिक गरेको छ । यस अभियानका अर्का सकृय युवा भिष्म भण्डारीका अनुसार यस सहयोग अभियनमा पुर्ब पश्चिम देखि महाकाली सम्मका र अस्ट्रेलियाका सबै शहरहरुमा बस्ने नेपाली दाजु भाई दिदी बैनीहरुबाट स्वत स्फुर्त रुपमा सहायोग आइरहेको छ । सहयोगको सबै बिबिरणहरु पारदर्शी तरिकाले रखिएको र सहयोग कार्यक्रम समाप्ति संगै यहाँका सबै मिडिया मार्फत र समाजको फेसबुक मार्फत समेत सबैलाई जानकारी गराइने पनि भण्डारीले बताए ।
यस सहयोग अभियानमा यदि तपाई पनि सानो ठुलो सहयोग गर्न इच्छुक हुनु हुन्छ भने सहयोग पठाउने वैंक विवरण यस प्रकार छ ।
BSB : 012372
A /C : Number- 216221603
A /C NAME : Gulmi Samaj Australia Inc.
Bank: ANZ
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...