सिड्नीका गीतकार महेश्वर शर्माको ‘मुटु भरि देश बोकि’ (भिडियो)
काठमाडौं – अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्ने कवि तथा गीतकार महेश्वर शर्माको रचनामा तयार पारिएको गीत ‘मुटु भरि देश बोकि’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
कविता र गीतमा कलम चलाउँदै आएका शर्माको यो पहिलो गीत हो ।
गीतकार शर्मा रुपन्देहीको देवदहका स्थायी वासिन्दा हुन् ।
शर्मा हाल अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्छन् ।
नेपाली साहित्यमा कलम चलाउंदै आएका शर्माको यसअघि कविता संग्रह ‘प्रवासका जूनहरु’ प्रकाशित भएको थियो ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय सदस्य तथा अनेसास न्यू साउथ वेल्स अष्ट्रेलियाका अध्यक्ष समेत रहेका शर्माले डायस्पोरिक साहित्यमा आफ्नो बलियो स्थान बनाएका छन् ।
राष्ट्रप्रति समर्पित यो गीतमा नेपाली सांगीतिक क्षेत्रका उज्जवल नक्षेत्र सुमधुर स्वरका धनि गायक रामकृष्ण ढकाल तथा लोकप्रिय गायिका मेलिना राईको स्वर रहेको छ भने नेपाली सांगीतिक आकाशमा एउटा ओजस्वि नाम बनाएका मेलोडी संगीतकार आनन्द राईको संगीत रहेको छ ।
यसैगरि संगीत संयोजन महाराज थापाको रहेको छ ।
गीतमा मिक्सिङ्ग साजन शाहले गरेका हुन् ।
गीतको म्युजिक भिडियो निर्देशन युवराज वाईबा, सम्पादन विकास दाहाल, छायङ्कन राज पोखरेल तथा दिपेन्द्र भट्टको रहेको छ।
गीतको म्युजिक भिडियोमा रचनाकार महेश्वर शर्मा , गायक रामकृष्ण ढकाल, गायिका मेलिना राई,संगीतकार आनन्द राई तथा सोनम पाण्डे शर्मा, कृष्ण शर्मालाई समेत देख्न सकिने छ भने कलाकारहरु सरोज दाहाल र साक्षी लम्सालको अभिनय रहेको छ ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...