एक हजार १११ कोरोना सङ्क्रमित थपिए

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार १११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
देशका विभिन्न प्रयोगशालामा गरिएका १२ हजार ६२९ नमुना परीक्षणमा ३३४ महिला र ७७७ पुरुषमा सङ्क्रमण पुष्टि भएकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।
योसहित नेपालमा कोरोना सङ्क्रमित हुनेको संख्या ३५ हजार ५२९ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा ३७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
जसमा काठमाडौँमा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ५६९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।
योसहित नेपालमा हालसम्म २० हजार ७३ उपचारपछि निको भएका छन् ।
त्यसैगरी देशभर रहेका सङ्क्रमितमध्ये १५१ आइसियुमा र १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
थप आठ जनाको मृत्यु पछिल्लो २४ घण्टामा थप आठ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सोमा पाँच महिला छन् भने बाँकी तीन पुरुष छन् । ललितपुरकी ६५ वर्षीया, बाराकी २३ वर्षीया, कास्कीकी ३२ वर्षीय, बाँकेकी ७० वर्षीया र रुपन्देहीकी ७० वर्षीया महिलाको कोरोना भाइरसबाट निधन भएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी पुरुषमा काठमाडौँका ४८ वर्षीय, पर्साका ६२ वर्षीय र कपिलवस्तुका ५० वर्षीय पुरुषको निधन भएको हो । योसँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक सय ८३ पुगेको छ । नेपालमा मृत्युदर शून्य दशमलव ५२ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...