दर्शकको मन जित्दै दीपक र मिनाक्षीको ‘अञ्जानैमा…’

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, भदौ १८, २०७७

काठमाडौं– लोकप्रिय गायक प्रताप दासको स्वरमा तयार भएको ‘अञ्जानैमा…’ शीर्षकको गीतले यूट्युबमा दर्शकको मन जित्न थालेको छ ।

सरोज प्याकुरेलद्वारा संगीतबद्ध उक्त गीतको म्युजिक भिडियो ओएसआर डिजिटल च्यानलबाट बुधवार साँझ सार्वजनिक गरिएको हो ।

सत्यराज चौलागाईंले उक्त गीत रचना गरेका हुन् भने रिकेश गुरुङ उक्त गीतका संगीत संयोजक हुन् ।
यो रोमान्टिक शैलीको गीतको म्युजिक भिडियो निकै आकर्षक बनेको छ ।

भिडियोमा अन्तर्राष्ट्रिय मोडलको रुपमा स्थापित भैसकेका दीपक घिमिरे फिचर्ड छन् । उनलाई मोडल मिनाक्षी महताराले साथ दिएकी छिन् ।

भिडियोमा उनीहरुको जोडी पनि आकर्षक देखिएको छ ।

नितिन चन्दले यो म्युजिक भिडियोलाई निर्देशन गरेका हुन् ।

सोफी सुनुवारको श्रृंगार रहेको यो भिडियोलाई रुपेश थापाले छायांकन गरेका हुन् भने निशा श्रेष्ठले डे«स डिजाइन गरेकी छिन् ।