किन चर्चामा सोनू सूद

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, भदौ १८, २०७७

बलिउड अभिनेता सोनू सूद लामो समयदेखि चर्चामा रहेका अभिनेताको नाम हो । लकडाउनको प्रारम्भिक चरणदेखि नै उनी चर्चामा छन् । उनले हजारौं भारतीय मजदूरहरुलाई मुम्बईबाट उनीहरुको घरसम्म पुर्‍याउन सफल भएका छन् ।  पछिल्लो पटक उनले आन्ध्र प्रदेशका एक गरीव किसानको घरमा नयाँ ट्रयाक्टर पठाइदिएका थिए । यसबाहेक उनले दशरथ माझीको परिवारलाई आर्थिक सहयोग गर्ने कुरा गरेका थिए । यसबाहेक सोनू सूदले विदेशमा फसेका हजारौं विद्याथीहरुलाई भारत फिर्ता ल्याइरहेका छन् । फ्लाइटका माध्यमबाट सबैलाई भारत ल्याइँदै छ । यसअघि उनले डाक्टरहरुलाई पनि सहयोग गरेका थिए ।