बच्चन परिवार नै संक्रमित भएपछि

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, भदौ १८, २०७७

बलिउड अभिनेता अमिताभ बच्चन तथा उनका अभिनेता छोरा अभिषेक बच्चनलाई गत जुन ११ का दिन कोभिड–१९ पोजेटिभ पाइएपछि अस्पतालमा भर्ना गरिएको छ । यो सामग्री तयार पार्दासम्म बच्चान बुवा–छोरा अस्पतालमै छन् । उनीहरुको मुम्बईस्थित नानावटी अस्पतालमा उपचार भैरहेको छ । यसैबीच, अमिताभकी बुहारी तथा अभिनेत्री ऐश्वर्या राय तथा नातीनि आराध्या भने जुन २७ का दिन कोरोनामुक्त भएका छन् । उनीहरु पनि जुन ११ मै संक्रमित भए पनि त्यसको केही दिनपछि मात्रै अस्पतालमा भर्ना भएर करिव एक हप्ताको उपचारपछि घर फर्किएका हुन् । बच्चन परिवारको विश्वभरीका उनीहरुका प्रशंसकहरुले शिघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् । यसैबीच अभिषेक बच्चनले ट्विटमार्फत दर्शकहरुलाई प्रार्थनाका लागि धन्यवाद भनेका छन् । ‘धन्न ऐश्वर्या र आराध्याको टेस्ट नेगेटिभ आएको छ र उनीहरुलाई अस्पतालले डिस्चार्ज दिएको छ । अब उनीहरु घरमा नै रहन्छन । तर म र मेरो पिता अमिताभ मेडिकल स्टाफको हेरचाहमा अस्पतालमा नै छौं, उनले लेखेका छन् ।