सुशान्तको आत्महत्याको छानविन जारी

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधनका बारेमा मुम्बई पुलिसले गत जुन २७ का दिन फिल्म निर्देशक महेश भट्टसंग सान्ताक्रुज पुलिस स्टेशनमा करीब दुई घण्टासम्म सोधपुछ गरेको छ । सूत्रका अनुसार महेश भट्टसंग प्रहरीले सुशान्त र रियाको सम्बन्धको बारेमा सोधपुछ गरेका थिए । महेश भट्ट दिनको १२ बजे प्रहरी स्टेशन पुगेका थिए र २ बजेसम्म उनीसंग सोधपुछ भएको थियो । तर महेश भट्ट जब प्रहरी स्टेशनबाट बाहिर निस्के उनले कुनै पनि सञ्चार माध्यमसंग कुराकानी गरेनन् । सडक–२ को बारेमा पनि प्रहरीले सोधपुछ गरेको थियो । सुत्रका अनुसार महेश भट्टसंग फिल्म सडक–२ को बारेमा पनि सोधपुछ गरिएको थियो । यो फिल्ममा पहिला सुशान्त सिंहले काम गर्ने पनि कुरा थियो । महेश भट्टसंग अलिया भट्टले काम गर्ने निश्चित हुनु अगाडि सुशान्त सिंह राजप्ूतले पहिला यस फिल्मका लागि रियाको नाम लिएका थिए । तर पछि आदित्य रोय कपूरलाई यो फिल्म दिइएको थियो । पुलिसले महेश भट्टसंग सुशान्तलाई फिल्ममा नलिनुको कारण पनि सोधेको थियो । भट्टसंग सोधपुछका लागि बान्द्रा पुलिस स्टेशन बोलाइएको थियो । तर सञ्चारकर्मीहरुको भिडलाई ध्यान दिँदै भट्टले पुलिसलाई सान्ताक्रुज पुलिस स्टेशनमा सोधपुछ गर्न आग्रह गरेका थिए । त्यसपछि पुलिसहरु सान्ताक्रुज पुलिस स्टेशन पुगेका थिए ।

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले पछिल्लो १९...

काठमाडौं– नयाँ नेपाली फिल्म ‘कार्की साईँला’ को सोमवार बिहान कोटेश्वरको महादेवस्थानमा...

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...

एनआरएनए युथ फोरमको आयोजना एन्फाको संयोजनमा आउँदो अप्रिल २७ आइतबारको दिन एक...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले पछिल्लो १९...

काठमाडौं– नयाँ नेपाली फिल्म ‘कार्की साईँला’ को सोमवार बिहान कोटेश्वरको महादेवस्थानमा...

अष्ट्रेलिया, सिड्नी बिशेष गरि न्यू साउथ वेल्स राज्यको सिड्नी र सिड्नीको सेरोफेरोमा...

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...