सुशान्तको आत्महत्याको छानविन जारी

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधनका बारेमा मुम्बई पुलिसले गत जुन २७ का दिन फिल्म निर्देशक महेश भट्टसंग सान्ताक्रुज पुलिस स्टेशनमा करीब दुई घण्टासम्म सोधपुछ गरेको छ । सूत्रका अनुसार महेश भट्टसंग प्रहरीले सुशान्त र रियाको सम्बन्धको बारेमा सोधपुछ गरेका थिए । महेश भट्ट दिनको १२ बजे प्रहरी स्टेशन पुगेका थिए र २ बजेसम्म उनीसंग सोधपुछ भएको थियो । तर महेश भट्ट जब प्रहरी स्टेशनबाट बाहिर निस्के उनले कुनै पनि सञ्चार माध्यमसंग कुराकानी गरेनन् । सडक–२ को बारेमा पनि प्रहरीले सोधपुछ गरेको थियो । सुत्रका अनुसार महेश भट्टसंग फिल्म सडक–२ को बारेमा पनि सोधपुछ गरिएको थियो । यो फिल्ममा पहिला सुशान्त सिंहले काम गर्ने पनि कुरा थियो । महेश भट्टसंग अलिया भट्टले काम गर्ने निश्चित हुनु अगाडि सुशान्त सिंह राजप्ूतले पहिला यस फिल्मका लागि रियाको नाम लिएका थिए । तर पछि आदित्य रोय कपूरलाई यो फिल्म दिइएको थियो । पुलिसले महेश भट्टसंग सुशान्तलाई फिल्ममा नलिनुको कारण पनि सोधेको थियो । भट्टसंग सोधपुछका लागि बान्द्रा पुलिस स्टेशन बोलाइएको थियो । तर सञ्चारकर्मीहरुको भिडलाई ध्यान दिँदै भट्टले पुलिसलाई सान्ताक्रुज पुलिस स्टेशनमा सोधपुछ गर्न आग्रह गरेका थिए । त्यसपछि पुलिसहरु सान्ताक्रुज पुलिस स्टेशन पुगेका थिए ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...