बागलुङ बाढी : फोनले बच्यो धेरैको ज्यान

बागलुङ – ‘यहाँ बाढी आउँला भन्ने कल्पनासमेत गरिएको थिएन । भुजीखोला जति ठूलो आए पनि आसपासको क्षेत्र बगर बनाउने गरे पनि माथि नै आउने अवस्था थिएन । अहिले कसरी बस्तीमै आयो भन्ने कल्पनासमेत गर्न सकिएको छैन’ उद्धारमा पुगेका अनिल विश्वकर्माले भने ।
स्थानीयवासीका अनुसार ढोरपाटन सिकार आरक्ष क्षेत्र नजिकैको सुर्तीवाङ लेकबाट खसेको पहिरोले थुनिएको सानो खोला एक्कासि खुल्दा खोलामा बाढी आएको हो ।
स्थानीय कल्याण कायतले बुधबार राति पानी परे पनि नदीमा त्यति ठूलो बहाव आउला भन्ने सोचेकै थिएनौँ, ढुङ्गा माटो सहितको पहिरोले थुनिएको खोला एक्कासि खुल्दा बहाव बढेर आए जस्तो लाग्यो भने ।
रातको समयमा माथिबाट बाढी आएको जानकारी तटीय क्षेत्रमा फल्लेघर क्षेत्रवासीले फोनमार्फत गराएपछि धेरै जना भागेका थिए । माथिबाट फोन आएकै कारण लाकुरीबोटमा धेरै भौतिक क्षति पुगे पनि मानवीय क्षति कम भएको छ, दुना पधेरामा फोन सम्पर्क नहुँदा भौतिक क्षति कम भए पनि मानवीय क्षति बढी भएको स्थानीय चेतबहादुर विकले बताए ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...