सरकारविरुद्ध लागेको भन्दै राजदूत उपाध्याय फिर्ता बोलाउने निर्णय

सरकारले भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन बमोजिम उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले राजदूत उपाध्यायलाई फिर्ता बोलाउने निर्णय गरेका हुन् ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार ओली नेतृत्वको गठबन्धन सरकार ढाल्न काठमाडौं आएर राजदूत उपाध्याय आफैं सक्रिय बनेको, मधेसवादी दलहरुलाई उक्साएको, भारतीय राजदूत रणजीत रेसँग तराईका जिल्लामा संयुक्तरुपमा कार्यक्रम गर्दै हिँडेको र परराष्ट्रको जानकारीबिना भारतमा भएका कार्यक्रममा सहभागी हुँदै हिँडेको आरोपमा फिर्ता बोलाइएको हो ।
सरकार परिवर्तनको चलखेल भइरहेका बेला राजदूत उपाध्याय तीन दिनअघि दिल्लीबाट काठमाडौं आएर एक दिन बसेर फर्किएका थिए ।
तर राजदूत उपाध्यायले कांग्रेसका नेताहरुसँग आफू राजदूत पदबाट राजीनामा दिने मुडमा रहेको जानकारी गराएको स्रोतले जनाएको छ ।
पूर्वमन्त्रीसमेत रहेका उपाध्यायलाई सुशील कोइराला नेतृत्वको सरकारले डेढ वर्षअघि भारतका लागि नेपाली राजदूतमा नियुक्त गरेको थियो ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...