भिडियोमा आउँदैछ कमल खत्रीको ‘पानी पिउने बहाना’

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, भदौ २३, २०७७

काठमाडौं– युवा पुस्ताका लोकप्रिय गायक हुन् कमल खत्री ।

सांगीतिक क्षेत्रमा उनका पप तथा आधुनिक शैलीका थुप्रै गीतहरु लोकप्रिय छन् ।

आत्मामा, म गीत हुँ तिम्रो, जाउँला रेलैमा आदि लोकप्रिय गीतका गायक तथा संगीतकार कमल खत्री लकडाउन तथा निषेधाज्ञाको क्रममा पनि सांगीतिक क्षेममा उत्तिकै सक्रिय छन् ।

यतिबेला भने उनी एउटा बिल्कुलै पृथक गीतको म्युजिक भिडियोमार्फत दर्शक तथा स्रोतामाझ आउने तयारी गर्दैछन् ।

‘पानी पिउने बहाना…’ शीर्षकको उक्त गीत रोमान्टिक शैलीका हुनेछ ।

यो गीतका संगीतकार पनि गायक कमल खत्री नै हुन् ।

रिकेश गुरुङ उक्त गीतका संगीत संयोजक हुन् ।

आज सोमबार साँझ उक्त गीतको टिजर सार्वजनिक गरिएको छ, जुन निकै आकर्षक देखिन्छ ।

टिजरमा गायक खत्रीसंगै अभिनेता तथा मोडल दीपक घिमिरे, अभिनेत्री रियासा दाहालका साथमा मोडल विशाल रेग्मीलाई देख्न सकिन्छ ।

यही भदौ २९ गते सोमबार सार्वजनिक हुने उक्त भिडियोलाई नितिन चन्दले निर्देशन गरेका हुन् ।