उपत्यकामा एकै दिन ६ सय ९६ संक्रमित

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ६ सय ९६ जना नयाँ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो अवधिमा काठमाडौंमा ६ सय २०, ललितपुरमा ३८ तथा भक्तपुरमा ३८ जना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबारको पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

उपत्यकामा एकैदिन उच्च संख्यामा संक्रमित भेटिएको यो पहिलो पटक हो ।

बिहीबार उपत्यकामा ५७२ जनामा संक्रमण देखिएको थियो ।