कमल खत्रीको गीतमा दीपक, रियाशा र विशाल

काठमाडौं– लोकप्रिय गायक कमल खत्री आफ्नो नयाँ गीतको म्युजिक भिडियोमार्फत आफ्ना दर्शक तथा स्रोतामाझ आएका छन् ।
यसपटक पनि उनी आफैंले संगीतबद्ध गरेको गीतमार्फत स्रोतामाझ आएका हुन् ।
…पानी पिउने बहाना…’ शीर्षकको उक्त गीतका शब्दहरु सुमन योञ्जनले रचना गरेका हुन् ।
रिकेश गुरुङले उक्त गीतमा संगीत संयोजन तथा मिक्सिङ गरेका छन् ।
उक्त गीतको म्युजिक भिडियो निकै आकर्षक बनेको छ ।
कमल खत्री तथा यूआर स्टाइल प्रोडक्सनको प्रस्तुतीमा तयार भएको उक्त गीतको म्युजिक भिडियोमा अन्तर्राष्ट्रिय मोडल तथा अभिनेता दीपक घिमिरे, मोडल विशाल रेग्मी, गायक कमल खत्री तथा अभिनेत्री रियाशा दाहालले अभिनय गरेका छन् ।
भिडियोमा कलाकारहरुलाई निकै आकर्षक शैलीमा अभिनय तथा नृत्य गराइएको छ ।
निर्देशक नितिन चन्दले यो म्युजिक भिडियो निर्देशन गरेका हुन् ।
भिडियोलाई निर्देशक चन्दले नै सम्पादन गरेका हुन् ।
रुपेश थापाले यो भिडियो छायांकन तथा कलर करेक्सन गरेका हुन् ।
विशाल महराले भिडियोमा कोरियोग्राफी गरेका छन् ।
उक्त भिडियोलाई गायक खत्रीले आफ्नै आधिकारिक यूट्युब च्यानलबाट अपलोड गरेका हुन् ।
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...