नेपालमा सङ्क्रमितको संख्या ५६ हजार ७८८ पुग्यो

काठमाडौं– नेपालमा कोरोना भाइरसका एक हजार ४५९ जना सङ्क्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा देशभर दशहजार ३७५ वटा आरटी पीसीआर परीक्षणबाट उक्त सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा आठ लाख ६१ हजार ७८० वटा परीक्षण भएको छ ।
मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै हालसम्मका कुल ५६ हजार ७८८ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ ।
सक्रिय सङ्क्रमित १५ हजार ७७९ छन् ।
पछिल्लो २४ घण्टामा एक हजार एकहजार ६२ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् ।
यससँगै कोरोना भाइरसबाट निको भएकाहरुको संख्या ४० हजार ६३८ पुगेको छ ।
कोरोना संक्रमणमुक्त हुने दर ७१।५ प्रतिशत छ
आइसोलेसनमा कुल १५ हजार ७७९ पुगेको छ । क्वारेन्टिनमा सात हजार २५० जना छन् ।
पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोना भाइरसका कारण मृत्यु भएका ३७१ पुगेको छ ।
काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण दिन(दिनै बढिरहेको छ ।
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ६७६ जना नयाँ संक्रमित थपिएका छन् ।
जसमा काठमाडौं जिल्लामा मात्रै पछिल्लो २४ घन्टाभित्र ५५५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा। गौतमले जानकारी दिनुभयो ।
उपत्यकाकै ललितपुरमा ३५ र भक्तपुरमा ६६ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
योसहित आजसम्म काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या करिब १२ हजारभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ ।
उपत्यकामा मृतकको संख्या पनि उही रुपमा बढ्दै गएको छ ।
आज पनि काठमाडौं उपत्यकामा १ महिला ३ पुरुष गरी ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले बताउनु भयो ।
उपत्यकाका कुनै पनि ठाउँमा कोरोना संक्रमणबाट अब सुरक्षित रहेन । कुन ठाउँ सुरक्षित र कुन असुरक्षित भन्नै नसकिने अवस्था भएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासनले भदौ २५ बाट सशर्त निषेधाज्ञा जारी गरेको छ ।
यो निषेधाज्ञामा सेवाहरुमा केही खुकुलो बनाई जोरबिजोर सवारी सञ्चालनसँगै ठूला सार्वजनिक सवारी सञ्चालनमा पनि ल्याइएको छ ।
स्वास्थ्य मापदण्डलाई अति कडाई गरिएको भनिए पनि काठमाडौंको बजारमा भीडभाड छ ।
सडकमा सवारीको भीड देखिन्छ भने बजारमा जथाभावी मानिसहरुको आवातजावत देखिन थालेको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



