नयाँ एक हजार ५३९ जना सङ्क्रमितसहित ५८ हजार ३२७ पुग्यो

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– नेपालमा कोरोना भाइरसका एक हजार ५३९ जना सङ्क्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा देशभर आरटी पीसीआर परीक्षणबाट उक्त सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै हालसम्मका कुल ५८ हजार ३२७ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ ।

सक्रिय सङ्क्रमित १६ हजार २४२ छन् ।

पछिल्लो २४ घण्टामा एक हजार ६८ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् ।

यससँगै कोरोना भाइरसबाट निको भएकाहरुको संख्या ४१ हजार ७०६ पुगेको छ ।

आइसोलेसनमा कुल १६ हजार २४२ पुगेको छ ।

क्वारेन्टिनमा सात हजार ८२० जना छन् ।

पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ ।

यो सँगै कोरोना भाइरसका कारण मृत्यु भएका ३७९ पुगेको छ ।