कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या साढे नौ लाख नाघ्यो

जेनेभा– कोरोनाभाइरस संक्रमण महामारीबाट विश्वभरिमा मृत्यु हुनेको संख्या साढे नौ लाख नाघेको छ। शुक्रबार बिहानसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ लाख ५० हजार नाघेको हो।
विश्वभरिमा कुल संक्रमितको संख्या ३ करोड ३ लाख ३३ हजार ७ सयभन्दा बढी छ भने तीमध्ये २ करोड १९ हजार ३१६ जना संक्रमणमुक्त भइसकेका छन्।
अब सक्रिय संक्रमितको संख्या ७३ लाख ६४ हजार २७४ छ। जसमध्ये ७३ लाख २ हजार ८७० जनाको स्वास्थ्य अवस्था सामान्य छ भने ६१ हजार ४०४ जना गम्भीर छन्।
संक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुकको तीन शीर्ष स्थानमा क्रमशस् अमेरिका, भारत र ब्राजिल छन्। अमेरिकामा हालसम्म ६८ लाख ७४ हजारभन्दा बढी संक्रमित भइसकेकोमा ४१ लाख ५० हजारभन्दा बढी निको भइसकेका छन् भने २ लाख २ हजार १९१ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ ४५ हजार ७३९ जना नयाँ संक्रमित थपिएका छन् भने संक्रमणबाट ८५७ जनाको मृत्यु भएको छ।
अमेरिकामा अब सक्रिय संक्रमितको संख्या २५ लाख २१ हजार ३५७ छ।
यस्तै, ५२ लाख १२ हजारभन्दा बढी कुल संक्रमित रहेको भारतमा हालसम्म ८४ हजार ४०४ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा त्यहाँ ९६ हजार ७९३ जना नयाँ संक्रमित थपिंदा १ हजार १७४ जनाको संक्रमणबाट ज्यान गएको छ।
कुल संक्रमितमध्ये ४१ लाख ९ हजार ८२८ जना संक्रमणमुक्त भइसकेको भारतमा अब सक्रिय संक्रमित १० लाख १८ हजार ४५४ जनाको उपचार चलिरहेको छ।
उता ब्राजिलमा कोरोना संक्रमणबाट १ लाख ३५ हजार ३१ जनाको मृत्यु भइसकेको छ। त्यहाँ ४४ लाख ५७ हजार ४४३ कुल संक्रमितमध्ये ३७ लाख ५३ हजार जना संक्रमणमुक्त भइसकेका छन्।
थप सामग्री स् जततउकस्ररधधध।जष्mबपिजबदबच।अयmरलभधकरज्ञज्ञडछज्ञद्द
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...