लिदीका पहिरो पहिरो पीडीतलाई एनआरएनए नेदरल्याण्ड्सको आर्थिक सहयोग

सिन्धुपाल्चोक – गैरआवासीय नेपाली संघ (एनआरएनए एनसिसी) नेदरल्याण्ड्सले सिन्धुपाल्चोकको जुगल गाउँपालिका – २ स्थित लिदीका पहिरो पीडितलाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।
एनसिसी नेदरल्याण्ड्सले संकलन गरि पठाएको २ लाख १८ हजार ५ सय २६ रुपैयाँ पहिरो पीडितहरुको अस्थायी बस्ती बासखर्क पुगेर एक समारोहका बिच संघका आइसिसी उपाध्यक्ष सोनाम लामाले हस्तान्तरण गर्नुभयो ।
उपाध्यक्ष लामाले सोही वडाका वडाध्यक्ष प्रताप लामालाई सहयोग चेक हस्तान्तरण गर्नुभएको हो ।
हस्तान्तरण कार्यक्रममा एनआरएनएको तर्फबाट बहराइनका पूर्व अध्यक्ष तथा एनआरएनए लाप्राक प्रोजेक्टका सहसंयोजक श्याम तामाङ पनि सहभागि हुनुहुन्थ्यो ।
सो अवसरमा उपाध्यक्ष लामाले एनआरएनएले यो रकम पहिरो पीडितहरुको जीवीर्कोपार्जनमा खर्च गरियोस भन्ने उद्देश्यले सहयोग हस्तान्तरण गरिएको बताउनुभयो ।
संघले यसअघि पनि यही ठाउँमा आएर ५ लाख सहयोग गरेको बताउँदै उपाध्यक्ष लामाले सो सहयोग तत्काल रिलीज गरि पीडितहरुको आवश्यकताअनुसार खर्च गर्न पनि आग्रह गर्नुभयो ।
साथै उपाध्यक्ष लामाले एनआरएनए एनसिसी नेदरल्याण्ड्सको सराहनीय कार्यको प्रशंसा गर्नुहुँदै वर्तमान कोभिड – १९ को विषम परिस्थितिमा पनि रकम संकलन गरि पठाएकोमा एनसिसी अध्यक्ष श्रीराम कँडेल लगायत सम्पूर्ण कार्यसमिति तथा सहयोग गर्नुहुने सबैमा धन्यवाद ज्ञापन गर्नुभयो ।
वडाका वडाध्यक्ष प्रताप लामाले नेदरल्याण्ड्सबाट सहयोग रकम संकलन गरि पठाउनुहुने सबैमा धन्यवाद ज्ञापन गर्दै उपलब्ध रकम पीडितहरुको आवश्यकताअनुसार खर्च गर्ने बताउनुभयो ।
जुगलमा गत साउन ३० गते गएको पहिरोमा ३९ जना बेपत्ता भएकोमा अहिलेसम्म ३७ जनाको शव फेला परेको छ भने २ जना अझै बेपत्ता छन् ।
पहिरोले ३९ घरमा पुर्णरुपमा क्षति पुर्याउँदा १६७ भन्दा बढी मानीसहरु प्रभावीत भएका छन् ।
सिन्धुपाल्चोकबासी सिता सापकोटाको पहलमा एनआरएनए एनसिसी नेदरल्याण्ड्सबाट संकलीत रकम लिदी पठाइएको हो ।
त्यस्तै, एनआरएनएए नेदरल्याण्ड्सका अध्यक्ष श्रीराम कंडेलले सिन्धुपाल्चोकको लिधि पहिरो पीडीतसँगै नेपालको बाढीपहिरोका कारण अत्यधिक प्रभावित क्षेत्र अछाम र म्याग्दीमा पनि दुई/ दुई लाख राहत सहयोग पठाइसकेको जानकारी गराउनुभएको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



