एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलनको उद्घाटन स्वास्थ्यमन्त्रीले गर्ने

काठमाडौं – गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलनको उद्घाटन शनिबार साँझ ६ बजे हुने भएको छ ।
भर्चुअल माध्यमबाट हुने उक्त सम्मेलनको उद्घाटन स्वास्थ्यमन्त्री भानुभक्त ढकालले गर्ने समितिका अध्यक्ष डाः संजिव सापकोटाले बताउनु भयो ।
शुक्रबारदेखि सम्मेलनमा विश्व नेपाली घोषणा पत्रमाथि छलफल सुरु भएको छ ।
त्यस्तै विश्वमा महामारीका रुपमा फैलिएको ‘कोभिड १९’ ले पारेका असर लगायत विषयमा चरणबद्ध रुपमा अन्तरक्रियात्मक कार्यक्रमहरु भइरहेका छन् ।
सम्मेलनको अवसरमा विश्वमा रहेका नेपाली स्वास्थ्यकर्मीहरुबीच अनुभवको आदानप्रदान, सचेतनाका कार्यक्रम, नेपाली किशोरकिशोरीहरुको अनुभव लगायत विषयमा कार्यक्रमहरु राखिएको छ । त्यस्तै आप्रवासी नेपालीहरुको स्वास्थ्य अबस्था, कोरोनाले मानसिक स्वास्थ्यमा परेको असर, यसबाट बच्ने उपाए लगायत विषयमा छलफल राखिएको छ ।
गत वर्षको सेप्टेम्बर २०, २१ र २२ मा अमेरिकाको एटालान्टामा समितिले प्रथम नेपाली विश्व स्वास्थ्य सम्मेलन आयोजना गरेको थियो ।
समितिका अध्यक्ष सापकोटाले प्रथम सम्मेलन आफैँमा एउटा अत्यन्त ऐतिहासिक रहेको बताउँदै त्यसलाई निरन्तरता दिनुपनि उत्तिकै आबश्यक ठोर दोस्रो सम्मेलन सुरु गरिएको बताउनु भयो ।
कोरोना महामारीका कारण भर्चुअल माध्यमबाट नै दोस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन सुरु गरिएको हो । उक्त सम्मेलनले २४ बुँदे विश्व नेपाली स्वास्थ्य घोषणा पत्र समेत जारी गर्नेछ ।
३ दिनसम्म उक्त घोषणा पत्रमाथि छलफल गरिने । सबैका राय सुझाव समेटेर र आइतबार उक्त घोषणा पत्र जारी गरिने डा. सापकोटाले बताउनु भयो ।
घोषणा पत्रमा आबश्यक कुराहरु पुन थप गर्न सकिने पनि उहाँले जानकारी दिनुभयो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...