१८ वर्षपछी पहिलो पटक सिंगापुर एयरलाइन्सको बोइंङ् ७७७ विमान काठमाण्डौ उत्रिदा !
उत्कृष्ट सेवा प्रदान गर्न अष्ट्रेलियाका नेपाली ट्राभल ब्यबसायीहरु जुट्दै ।
कोभिड – १९ को बन्दाबन्दिका कारण यहाँ रहेका, बिशेष गरि अभिभावकहरु र नेपाल फर्कन चाहने विद्यार्थीहरुलाई सहयोग गर्न अष्ट्रेलियामा रहेका नेपाली ट्राभल ब्यबसायीहरु एकजुट भएका छन्। अष्ट्रेलियामा रही लामो समयसम्म ट्राभल एण्ड टूर सेवा प्रदान गर्दै आएका ८ ट्राभल एजेन्सीहरुको सयुक्त पहलमा अष्ट्रेलिया-नेपाल चार्टर हवाई सेवा प्रदानगर्न सुरु गरिएको छ। यसै सिलसिलामा १८ बर्ष पछि पहिलो पटक सिंगापुर एयरलाइन्सको बोइंङ ७७७ बिमान काठमाडौँ विमानस्थल उत्रिसकेको छ। संलग्न ट्राभल एजेन्सीहरुमा, यती ट्राभल्स, बुद्ध ट्राभल एण्ड टुर्स, सांग्रिला ट्राभल्स, एभरेष्ट ट्राभल्स, काठमाण्डौ ट्राभल्स, कान्तिपुर ट्राभल्स, डिलाइट ट्राभल्स र डाभिन्ची ट्राभल्स छन्।
कोभिड क्राइसिसका बेला सबै ट्राभल ब्यबसायीहरु जुटेर यात्रु हरुलाई सहज सेवा पुर्याउने एसोसिएशन अफ अष्ट्रेलियन नेपाली ट्राभल एजेन्ट्सको(AANTA) गठन पनि गरिएको एसोसिएशनका पब्लिक अफिसर एर्शाद अहमदले नेपाली टाइम्सलाई बताए । महेन्द्र लम्सालको संयोजकत्वमा गठित उक्त एशोसिएशनमा सुरेन्द्र सापकोटा, भिम न्यौपाने, सन्तोष न्यौपाने, शिव श्रेष्ठ, आशिष जंग थापा, राजु थापा र एर्साद अहमद छन् ।
ANTAA को पहिलो मिसन अन्तर्गत अष्ट्रेलियामा रहेका ट्राभल व्यवसायिहरुको संयुक्त पहलमा आज सेप्टेम्बर १९ का दिन २५५ जना नेपालीलाई उद्दार उडानमार्फत काठमाडौँ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उतार्न सफल भएका छन्। २७ सेप्टेम्बर र २ अक्टोबरमा पनि थप चार्टर फ्लाइटहरु अष्ट्रेलियाबाट काठमाडौँ उड्ने भएका छन् ।
उद्दार उडानमा नेपाल फर्कनेहरु बिशेष रुपमा पर्यटन भिसा सकिन लागेका, नियमित प्रयोग गर्ने औषधी सकिएका तथा कोरोनाका कारण अष्ट्रेलियामा अलपत्र परेका अन्य नेपालीहरु छन्। नेपाल सरकारले १७ सेप्टेम्बरपछि नियमित अन्तराष्ट्रिय उडानको तालिका सार्वजनिक गरेको छ। तर अष्ट्रेलियाबाट ट्रान्जिट हुने देशहरु चीन र मलेशियासँग नियमित उडान नभएको र उडान कनेक्सन नमिल्ने भएकोले छोटो मार्गबाट अप्ठेरो अवस्थामा रहेका नेपालीहरुलाई अष्ट्रेलियाबाट संचालित आठ नेपाली ट्राभल एजेन्सीको पहलमा चार्टर उडा हरु संचालन गरिएको हो। यो अभियानमा नेपाली राजदुतावास र गैर आवासीय नेपाली संघ, अष्ट्रेलिया, नेपाली संस्थाहरुको संघ, फेन्का, चिकित्सकहरुको संस्था एम्डासहित विभिन्न संघ संस्थाहरुको अमूल्य सहयोग र सद्भाव रहेको छ।
पर्यटन मन्त्रालयबाट अनुमति लिएर हिजो सेप्टेम्वर १९ का दिन अष्ट्रेलियाको स्थानीय समय बेलुकाको साढे ९ बजे सिंगापुरको लागि सिंगापुर एयरको ७८७ बोइङ विमान उडेको थियो। सिंगापुरको समयानुसार २० तारिख बिहान ५ बजे सिंगापुर अवतरण गरेपछि ४ घण्टा सिंगापुर पुगेका यात्रुहरुलाई कोरोना फ्री जोनमा राखिएको र त्यसपछि सिंगापुरबाट नेपालको लागि बिहान ९ बजे बि ७७७ सिंगापुर एयरलाइन्सको विमान नेपाली समयानुसार बिहान ११:२५ बजे काठमाडौँ अवतरण भएको छ।
१८ वर्षपछी यात्रुहरु लिएर पहिलो पटक सिंगापुर एयरलाइन्सको विमान बोइंङ् ७७७ नेपाल आएको हो। उक्त चार्टर्ड उडानबाट नेपाल फर्किने सबै यात्रुहरुले उडान अगाडी ७२ घण्टा भित्रको पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट साथमा लिएका थिए। उनीहरु काठमाडौँ ओर्लिएपछि १४ दिन होम क्वारेन्टिनमा बस्न मिल्ने एभरेष्ट ट्राभल्सका संचालक एर्साद अहमदले बताए।
एर्शाद अनुसार ३२ जना विमानको विजनेस क्लासमा यात्रा गरेका छन् भने ६ जना सेमी बिजनेस क्लास र २१७ जना इकोनोमि क्लासमा यात्रा गरेका थिए। इकोनोमी तर्फको भाडा प्रतिव्यक्ति १७ सय ३५ अष्ट्रेलियन डलर तोकिएको छ भने विजेनेस क्लासका लागि २ हजार ३८० डलर भाडा तोकिएको छ। फष्टकम फष्ट सर्भ र जरुरी मामलाको आधारमा यात्रुहरुलाई सेवा दिएको जानकारी डीलाईटेड ट्राभल्सका संचालक आसिस जंग थापाले जानकारी गराए।
सिंगापुर एयरलाइन्सको चाटर्ड उडानको बिजेनस क्लासको टिकट मूल्य पहिलेको कमर्सियल उडानको भन्दा आधा सस्तो हो। यस अगाडी नेपाल एयरलाइन्सको चाटर्ड विमानले सिड्नीबाट काठमाडौँका लागि उडान भरेको थियो जसको हवाई भाडादर एकोनोमि क्लासको २ हजार ३५० अष्ट्रेलियन डलर थियो। जुन तुलनामा सिंगापुर एयरलाइन्सको भाडादर निकै सस्तो भएको कान्तिपुर ट्राभलका प्रमुख सन्तोष न्यापने बताउँछन्।
विमानस्थल पुगेका सम्पूर्ण यात्रुहरु नेपाल फर्किन पाएकोमा हर्षित थिए। उनीहरुको आवश्यकता अनुसार खाना, व्हीलचेयर र ट्रान्जिट्मा असिस्टेन्टको व्यवस्था गरिएको नेपाल र अष्ट्रेलियाबाट संचालित दाभिंची ट्राभलका निर्देशक राजु थापाले बताए। ब्यबसाय भन्दा पनि यती बेला अप्ठ्यारोमा परेका यात्रुहरुलाइ सहयोग गर्नु हाम्रो कर्तब्य हो भन्दै बुद्ध ट्राभल्स एण्ड टुर्सका भिम न्यौपानेले नेपाली ट्राभल एजेन्टहरुको ऐक्याबद्दता प्रति आफु सकारात्मक रहेको बताए। जुटेर सेवा प्रदान गर्दा सहज हुने हुनाले कमर्शियल सेवा सुरु नहुन्जेल हामि सबै मिलेर काम गर्नु पर्ने बताउछन् काठमाडौँ ट्राभलस् का शिव श्रेष्ट। यति ट्राभल्सका महेन्द्र लम्साल र सांग्रीला ट्राभल्सका सुरेन्द्र सापकोटाले ढिलै भएपनि नेपाल सरकारले अष्ट्रेलियाबाट नेपालमा बिमान अवतरण अनुमति दिएकोले पर्यटन मन्त्रालय तथा नेपाली राजदुतावास क्यान्बेराप्रति हार्दिक आभार प्रदान गरे ।
सिंगापुर एयरका नेपाल प्रतिनिधि क्विन्गी चेन र बजार प्रबन्धक सुधिर पाण्डेले आफ्नो कार्यकालमा १८ वर्षपछि सिंगापुर एयरलाइन्स पहिलो पटक यात्रुहरु लिएर नेपाल आएकोमा खुशी व्यक्त गरेका छन् ।
काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर रायमाझीलाई सर्वोच्च...
काठमाडौं- वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको...
काठमाडौं– वेस्ट इन्डिजले नेपाल टूरमा आउने ए टिमको छनौट गरेको छ ।...
काठमाडौं– चैत शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘राम...
काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर रायमाझीलाई सर्वोच्च...
Where for the best single gays in your area Single homosexual men in...
exactly what are real adult hookup sites? Exactly what are the most useful...
काठमाडौं- वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको...
En promedio, basado en Internet personas que se citan gastan simplemente...