उद्यमशीलतमा जोड दिएर सामाजिक सेवा दिवस मनाइने

पोखरा- यस वर्षको ४१ औं सामाजिक सेवा दिवस सामाजिक रुपान्तरण र उद्यमशीलतालाई जोड दिएर मनाइने भएको छ ।
गैरसरकारी संस्था महासङ्घ नेपाल, गण्डकी प्रदेशले पोखरामा पत्रकार सम्मेलन गरी समृद्धि र सुखका लागि सामाजिक रुपान्तरण र उद्यमशीलता भन्ने नारालाई सार्थक पार्न आर्थिक समृद्धि, सचेतना, सामाजिक उत्तरदायित्वलगायतका विषयसँग जोडेर यही असोज ६ देखि १२ गतेसम्म विविध कार्यक्रम गरी मनाउन लागेको जानकारी गराएको हो ।
गैसस महासंघका केन्द्रीय महासचिव रामप्रसाद सुवेदीले अब गैससलाई उद्यमशिलतामा जाने वातावरण निर्माण गरेर सामाजिक उत्तरदायित्वमा समावेश गर्नुपर्नेमा जोड दिनुभयो । सामाजिक कार्यकर्ता दायित्वलाई जनसमक्ष पुऱ्याउँदै सङ्गठनको वर्गीकरण गरेर कामका आधारमा जिम्मेवारी दिनुपर्ने उहाँको भनाइ थियो ।
“गैससमा आवद्ध विभिन्न समूह युवाले गरेका ‘इन्नोभेशन’का कामलाई उद्यमशिलतमा जोड्नु पर्छ र आफूले जानेको सीप ज्ञानलाई राष्ट्रिय गौरवको रुपमा स्थापित गर्नुपर्र्छ”, सुवेदीले भन्नुभयो । उहाँका अनुसार सामाजिक सेवा दिवसका अवसरमा सात प्रदेशमा करीब आठ सय कार्यक्रम समाज कल्याण परिषद्मा दर्ता भएका छन् ।
गैसस महासङ्घ गण्डकीकी अध्यक्ष विनाकुमारी सिलवालले कोभिड–१९ को प्रभावले यस वर्षका सामाजिक सेवा कार्यक्रमलाई भर्चुअल र विभिन्न सञ्चार माध्यमबाट साथै केही मात्र स्थलगत कार्यक्रम तय भएको जानकारी दिनुभयो । उहाँका अनुसार गण्डकी प्रदेशमा चार सय ५० संस्था गैससमा आवद्ध छन् । हालसम्म एकसय ३८ कार्यक्रम तय भएका छन् ।
यस वर्षको ४१ औं सामाजिक सेवा दिवसको नारा ‘सामाजिक क्षेत्रः राष्ट्रिय गौरव आजको आवश्यकता, समृद्धि र सुखको लागि सामाजिक रुपान्तरण र उद्यमशीलता’ भन्ने रहेको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...