नेपालमा कुल सङ्क्रमितको संख्या ६६ हजार ६३२

काठमाडौं– नेपालमा कोरोना भाइरसका एक हजार ३५६ जना सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार ३५६ जना सङ्क्रमित थपिएका हुन् ।
देशका विभिन्न ४९ वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ११ हजार १५४ वटा आरटी पीसीआर परीक्षण भएको छ ।
योसँगै नेपालमा नौ लाख ३४ हजार ९७७ वटा आरटी पीसीआर परीक्षण पुगेको छ।
मन्त्रालयले दैनिक प्रेस ब्रिफिङ्को क्रममा थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ६६ हजार ६३२ जना पुगेको जनाएको छ।
पछिल्लो चौबीस घण्टामा ८२३ सङ्क्रमित निको भएर घर फर्केका छन् ।
कुल ४८ हजार ०६१ जना निको भएका छन् । कोरोना संक्रमणमुक्त हुने दर ७२ प्रतिशत पुगेको छ ।
हाल १८ हजार १४२ जनामा सङ्क्रमण सक्रिय छ ।
आइसोलेसनमा कुल १८ हजार १४२ पुगेको छ ।
क्वारेन्टिनमा सात हजार १७१ जना छन् ।
देशभर संक्रमित भएर आइसीयूमा रहेर २२३ जनाले उपचार गराइरहनुभएको छ भने भेन्टिलेटरमा ३७ जना पुगेको छ ।
पछिल्लो चौबीस घण्टामा दुई जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कुल मृत्यु हुनेको संख्या ४२९ पुगेको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...