कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड १४ लाख

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

जेनेभा – कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड १४ लाख नाघेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड १४ लाख २५ हजार २९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ४६ हजार १६५ संक्रमित थपिएका छन् ।

कोरोनाका कारण विश्वमा हालसम्म ९ लाख ६७ हजार १६४ संक्रमितको मृत्यु भइसकेको छ ।