यती समूहलाई दोस्रो अन्तर्राष्ट्रिय उडानको लाइसेन्स

काठमाडौं– हिमालय एयरलाइन्समार्फत अन्तर्राष्ट्रिय उडान गरिरहेको यती समूहलाई सरकारले दोस्रो अन्तर्राष्ट्रिय उडानको लाइसेन्स दिएको छ ।
२०६४ सालमा यती समूहले फ्लाई यतीको नाममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट लाइसेन्स लिएको थियो ।
जुन लाइसेन्सबाटै तिब्बती एयरलाइन्सको सहकार्यमा २०७१ मा हिमालय एयरलाइन्स स्थापना गरिएको थियो ।
हाल हिमालयले ४ वटा जहाजमार्फत १० वटा गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गरिरहेको छ ।
हिमालय एयरलाइन्समा बहुमत सेयर अहिले पनि यती समूहकै रहेको छ ।
सोही समूहको यती एयरलाइन्सलाई पर्यटन मन्त्रालयले अन्तर्राष्ट्रिय चार्टर उडानको लाइसेन्स जारी गरेको छ ।
पर्यटन मन्त्रालयले गत १७ वैशाखमा अन्तर्राष्ट्रिय उडानको लाइसेन्सका लागि सार्वजनिक सूचना जारी गरेको थियो ।
यतीले २९ जेठमा आवेदन दिएको थियो ।
पर्यटन मन्त्रालयले बनाएको नयाँ कार्यविधिअनुसार पाँचवटा जहाजमार्फत पाँच वर्षसम्म नियमित उडान गर्ने कम्पनीले अन्तर्राष्ट्रिय उडानमा विस्तार गर्न पाउने प्रावधान छ ।
सोहीअनुसार माग गरिएको आवेदनमा यती समूहको मात्रै आवेदन परेको थियो ।
कार्यविधिमा एकै कम्पनीले लाइसेन्स लिएर अन्तर्राष्ट्रिय उडान गरिरहेको अवस्थामा अर्को लाइसेन्स दिन मिल्ने–नमिल्ने उल्लेख गरिएको छैन ।
यती एयरलाइन्सलाई सरकारले ‘ग’ वर्गको लाइसेन्स दिइएको मन्त्रालयका सहसचिव सुरेश आचार्यले बताए ।
सोही समूहको हिमालयका विषयमा पनि अध्ययन गरेर नै नजुध्ने गरी ‘ग’ वर्गको चार्टर लाइसेन्स दिएको आचार्यले बताए ।
हिमालयलाई सरकारले ‘ख’ वर्गको लाइसेन्स दिएको छ ।
‘क’ वर्गको लाइसेन्सका लागि भने वाइडबडी जहाजसमेत आवश्यक पर्ने भएकाले हिमालयले ‘ख’ वर्गको लाइसेन्स पाएको हो ।
लाइसेन्सको विषयमा अध्ययन गर्न पर्यटन मन्त्रालयले सहसचिव सुरेश आचार्यको संयोजकत्वमा मूल्यांकन कमिटी गठन गरेको थियो ।
मन्त्रालयले मूल्यांकन गरेर मात्रै लाइसेन्स दिएको संयोजकसमेत रहेका आचार्यले बताए ।
‘हिमालय यती समूहकै लगानी र यता अर्को पनि चलाउन मिल्ने–नमिल्नेबारे अध्ययन गरेर समूह एकै नहुने गरी लाइसेन्स दिएका हौँ,’ आचार्यले भने ।
सरकारले तयार पारेको कार्यविधि प्रस्तावमा ‘क’ वर्गको वायुसेवा सञ्चालन गर्न १ अर्ब, ‘ख’ वर्गलाई ७५ करोड र ‘ग’ वर्गलाई ५० करोड चुक्ता पुँजीको व्यवस्था गरिएको नयाँ पत्रिकामा प्रकाशित समाचारमा जनाइएको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...