नेपालमा कुल संक्रमितको संख्या ७१ हजार ८२१

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं- नेपालमा कोभिड–१९ का एक हजार २०७ जना नयाँ सङ्क्रमितको पहिचान भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दश हजार १९ जनाको आर टी पीसीआर परीक्षण गरिएकोमा एक हजार २०७ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कोरोनाभाइरस सङक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ ।

मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा एक हजार १४७ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

हालसम्म ५३ हजार १३ जना सङ्क्रमित निको भइसकेका छन् ।

हाल १८ हजार ३४१ जनामा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।